एकताको सन्देश दिन भेला

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको आज यहाँ एकताको सन्देश दिन पहिलो पटक भेला गरिएको छ ।

भेलामा नेकपा स्थायी समिति सदस्य भीमबहादुर रावलले एकतापछि कम्युनिष्ट आन्दोलन बलियो भए पनि विभिन्न चुनौती थपिएको बताउनुभयो । उहाँले दुई पार्टी हुँदा भएका विवाद र मनमुटावलाई इतिहासमा सीमित गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अर्का स्थायी समिति सदस्य लेखराज भट्टले दुई पार्टीको एकताले कम्युनिष्ट आन्दोलनले नयाँ इतिहास रचेको बताउनुभयो । भट्टले केन्द्रदेखि प्रदेशसम्म जताततै कम्युनिष्टको बहुमत भएकाले अब चुनावी घोषणापत्रानुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here