बजारका तरकारीमा छ्यापछ्याप्ती विषादी

बजारमा भित्रिने तरकारीमा छ्यापछ्याप्ती विषादीको प्रयोग हुने गरेको भेटिएको छ। बाली संरक्षण निर्देशनालयले सबै तरकारी र फलफूलमा ५ देखि १० प्रतिशतसम्म विषादीको मात्रा प्रयोग हुने गरेको बताएको छ। बाली संरक्षण निर्देशनालयका अधिकृत मानबहादुर क्षेत्रीले गोलभेडा, करेला, काउली, सिमी, बोडीमा बढी मात्रामा विषादीको प्रयोग हुने गरेको बताउनुभयो।

कालीमाटी तरकारी बजारमा दैनिक ७० भन्दा बढी प्रकृतिका तरकारी र फलफूल भित्रिने गरेको छ। क्षेत्रीकै नेतृत्वमा टोली खटिएर विषादीको मात्रा जाँच्ने भए पनि पर्याप्त भने छैन। बाली संरक्षण निर्देशनालयबाट खटिएको टोलीले दैनिक ८ देखि १० वटा तरकारीको मात्र नमुना परीक्षण गर्ने गरेको छ।
कृषि प्राविधिकको सल्लाहबमोजिम मात्रै तरकारी तथा फलफूलमा विषादीको प्रयोग गरिनुपर्ने बाली संरक्षण निर्देशनालयले जनाएको नेपाल समाचारपत्रमा खबर छ । कुल विषादीको ३ प्रतिशत घातक अर्थात् प्रतिबन्धित विषादी किसानले प्रयोग गर्ने गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। सीमा क्षेत्रबाट लुकिछिपी रातो डिब्बाको विषादी भित्रिने गरेको अधिकृत क्षेत्रीले बताउनुभयो।

टेकुका अनिल अधिकारी बेलुकीको समयमा फलफूल किन्न कालिमाटी पुगे। उनले पहेंलो रङ देखिने आँप किने। विषादीको बारेमा जिज्ञाशा राख्दा अधिकारीले भने– ‘के गर्नु देखिँदा पहेंलो देखिन्छ। खानै प¥यो विषादीको प्रयोग हुन्छ होला। मलाई त केही थाहा छैन यो विषयमा।’ विषादी प्रयोग भएको तरकारी चाँडै सड्ने गरेको छ। कीर्तिपुरकी सविना केसीले नयाँ बजार गेटमा करेला किनिन्। तर, कोठामा पुग्दा करेलामा सानो खालको कीरा देखियो। सविनाले भनिन्– ‘हतार थियो छिटोछिटो किनेको त कीरा रैछ। के गर्नु, ध्यान नदिएर किन्दा यस्तो भयो।

यी त प्रतिनिधि पात्र मात्र हुन्। दैनिक लाखौं जनता विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य छन्। गत पुसमा धादिङबाट आएको सिमीमा विषादीको मात्रा अत्यधिक देखिएको थियो। कृषकदेखि विक्रेतासम्मले विषादीको प्रयोग सुरक्षित तवरबाट नगरेको विषादीको मात्रा जाँच्दै आउनुभएका जागेश्वर शर्मा बताउनुहुन्छ। तरकारी लगाए पनि समय नपुग्दै टिप्दा विषादीको मात्रा बढ्दै गएको बाली विज्ञहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here