पुनर्जिवन पाएकी सपनाको पुनर्मिलन

पुनर्जिवन पाएकी सपनाको पुनर्मिलन

ओखलढुगा मानेभञ्ज्याङकी ३० बर्षीया सपना राई गत चैतमा मकवानपुरको इन्द्रसरोवरमा अचेत अवस्थामा भेटिएकी थिइन् । मानसिक रुपमा बिछिप्‍त राई आफ्नो नाम र ठेगाना समेत बताउन सक्दैनथिन् । इन्द्रसरोवरका स्थानीयबासीले उनको उद्धारका लागि सामाजिक संस्थाहरु गुहारे ।

स्थानीयबासीको आग्रहमा ‘जीवन बचाऔं नेपाल’ नामक गैरसरकारी संस्थाले फाखेलवाट एम्बुलेन्समार्फत काठमाडौं ल्याई राईको उपचार गरायो । २ महिनाको उपचार र स्याहार पछि सपनाले पुनर्जिवन पाइन् । सपनाले पुनर्जिवन मात्र पाइनन्, माइतीसँग पुनर्मिलनको अवसर समेत पाएकी छिन् ।

‘जीवन बचाऔं नेपाल’ का निर्देशक जीवन रायमाझीले खवरपुरसँग भने, ‘ओखलढुगाको मानेभञ्ज्याङमा लगेर सपनाका दाजु नवीनलाई उनको जिम्मा लगाएर आयौं ।’ सपनाका दाजु नवीन राई मानेभञ्ज्याङ गाउँपालिकाका वडा सदस्य समेत हुन् ।  पतिले छोडेर दोस्रो बिबाह गरेपछि मानसिक रुपमा बिछिप्‍त भई वेपत्ता भएकी राईलाई उद्धार गरि माइतिसम्म पुर्याएकोमा ‘जीवन बचाऔं नेपाल’ प्रति राई परिवार कृतज्ञ छन् ।

माइतीलाई सपना जिम्मा लगाउँदै ‘जीवन बचाऔं नेपाल’
सपना राईको माइती गाउँ ओखलढुगा मानेभञ्ज्याङ
पुनर्जिवन पाएकी सपनाको पुनर्मिलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here