सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने !

काठमाडौं, २८ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष रेल किन्ने भएको छ। जनकपुुर–जयनगर रुटमा कुुदाउन किन्न थालिएको रेलको लागत ५० करोड रुपैयाँ अनुुमान गरिएको छ। यसका लागि ४६ करोड २५ लाख सरकारले व्यवस्था गर्नेछ भने बाँकी ऋण खोजिनेछ। रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्याएले रेल किन्न विभागले एक मुुष्ठ ५० करोड पाउने बताए। उनले भने, ‘कसरी दिने भन्ने विषय अर्थ मन्त्रालयमा भर पर्छ।’ आगामी आवको बजेटले भने तीन करोड ७५ लाख ऋण खोजेर रेल किन्ने पैसा व्यवस्थापन हुुने जनाएको छ।

नेपालमा रेलमार्ग बनाउन चीनका सात कम्पनी तयार
चिनियाँ प्रधानमन्त्रीले भनेः जस्तोसुकै चुनौती आएपनि नेपालमा रेल जोड्नेछौं
रेल विभागलाई सरकारले साढे चार अर्ब रुपैयाँ बजेट दिएको छ। यसमा आन्तरिक स्रोतबाट एक अर्ब ५० करोड दिइनेछ भने अरू वैदेशिक ऋण लिइनेछ। रेल विभाग अन्तर्गतको रेल, मेट्रो र मोनोरेल विकास आयोजनालाई दिइएको रकममध्ये मेसिनरी औजारमा भएको ५० करोड रेल किन्न प्रयोग हुुनेछ। अहिले मेट्रो र मोनोरेल मार्ग निर्माण भएको छैन। रेलमार्ग भने खण्डगत रूपमा निर्माण भइरहेको छ। यो रकमबाटै विभागले जयनगर–जनकपुुर खण्डको ३५ किमि दूरीमा रेल किनेर सञ्चालनमा ल्याउने अन्नपूर्णमा खबर छ।

जनकपुुर–जयनगरसम्म पुुरानै रेलमार्ग भारतले फेरि निर्माण गरेर रेल सञ्चालनयोग्य बन्न थालेको छ। आगामी आवमा लालबन्दीदेखि निजगढसम्मको ४२ किमि रेलमार्ग निर्माणको काम सुुरु हुुने प्रवक्ता उपाध्यायले बताए। उनले भने, ‘यो रेलमार्ग बनाउन १२ अर्ब रुपैयाँ लाग्छ। बहुुवर्षीय ठेक्का अन्तर्गत तीन वर्षमा काम हुुनेछ।’ जनकपुुर–जयनगर रुटमा कुुदाउन किन्न थालिएको रेललाई ५० करोड रुपैयाँ पर्ने अनुुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here