‘संसदमा दाता घुसाउने को हो ?’

काठमाडौँ, २८ जेठ ।
दाता प्रवेश गराएर संसदलाई उनीहरुको इसारामा हिँडाउन खाजेको भन्दै सांसदहरुले विरोध गरेका छन् । सांसदको क्षमता अभिबृद्धिमा समेत सरकारले छुट्याएको बजेट थन्क्याएर राष्ट्रसंघीय युएनडीपीको खर्चमा तालिम दिएकोमा सदनमै विरोध भएको हो ।

राज्यको कानुन निर्माण गर्ने निकायमा दाता घुसाउने कार्य स्वीकार्य नहुने भन्दै उनीहरुले सरकारको चर्को विरोध गरे । यएनडीपीको बजेट संसदभित्र कसरी प्रवेश गराईयो ? सरकारको बजेट हुँदाहुँदै खर्च नगर्ने र दातृ निकायलाई संसद् प्रवेश गर्न दिने कााम कसको निर्देशनमा भएको हो ? संसदमा आईतबार विशेष समय लिएर नकेमा नेकाका सांसद झपट रालले भने, सांसदलाइ राज्यले नै तलबसुविचा उपलब्ध गराएको छ ।, कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here