ट्रम्प-किमबीच एक्लाएक्लै वार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ शिखर बैठकमा सहभागी भएका छन् । सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग हात मिलाए । आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे । त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागे । वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन् ।

वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता ‘राम्रो तरिकाले अघि बढेको’ बताएका थिए । त्यसअघि पत्रकारहरूसँग कुरा गर्दै किमले शिखर वार्तामा सहमति भए इतिहासमा सिंगापुरको नाम सदैव स्मरण गरिने बताएका थिए । हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् । ट्रम्पले शान्ति प्राप्तिका लागि ‘एक पटकको अवसर’ भएको बताएका छन् । शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ ।

ट्रम्प-किमबीच एक्लाएक्लै वार्ता
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ । एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले किमसँग ‘एकदम राम्रो सम्बन्ध’ हुने अपेक्षा गरे । एकसाथ बसेका दुई नेताहरूले प्रतिकूलताका बावजुद सहज अवस्थामा देखिएका थिए । स्रोत: बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here