माल्दिभ्सका पुर्वराष्ट्रपतिलाई १९ महिना जेल

माल्दिभ्सको एउटा अदालतले पुर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ । आतंकवादलाई सहयाग गरेको अरोप लागेका ८० बर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार १९ महिना जेल बस्नुपर्नेछ ।

गयुमसँगै प्रधानन्यायाधीश अब्दुला साईद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलार्य पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिईएको थियो । उनीहरु तीन जनालाई फरक फरक आरोप लगाईएको कान्तिपुरमा खबर छ । प्रधानन्याधीश र न्यायधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घुस लिएको आरोप लगाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here