बेइजिङमा प्रधानमन्त्रीको चिनियाँ भाषामा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणका क्रममा मंगलबार बेइजिङ पुगेका छन् । साँझ प्रधानमन्त्री र उनी नेतृत्वको टोली होटेल हिल्टनमा चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएको नयाँ पत्रिकामा खबर छ ।

जहाँ प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गरे । ओलीले ‘तपाईंहरूलाई भेट्न पाउँदा म निकै खुसी छु’ वाक्यलाई चिनियाँ भाषामा सम्बोधन गर्दै मन्तव्य सुरु गरेका थिए । उनले झन्डै १५ मिनेट लामो लिखित भाषण पढेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here