आगामी ४-५ दिन देशैभर भारी वर्षाको सम्भावना

0
65

काठमाडौँ — बाढी पूर्वानुमान महाशाखाले मंगलबारदेखि देशका सबैजसो नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सोमबार बिहानको मापनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य स्थिर अवस्थामा र सबैमा बहाव सतर्कता तहभन्दा तलै भए पनि मंगलबारदेखि लगातार केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सोमबार कमला, वाग्मती र यसका सहायक नदीमा बहाव केही बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काईका केही स–साना नदीमा सोमबार राति आकस्मिक बहाव हुन सक्ने अुनमान पनि महाशाखाले गरेको छ । त्यस्तै प्रदेश एकको संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ भई बहने केही स–साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।

त्यस्तै महाशाखाले असोज ६ गते रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७, ८, ९, १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै असोज ७ देखि ११ गतेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम उत्तर-पश्चिमतर्फ सर्ने क्रममा आगामी ४-५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन/चट्याङसहितको वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असोज ६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

असोज ७ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here