‘कमब्याक’ गर्दै सेफिल्डविरुद्ध लिभरपुल २–१ गोलले विजयी

0
52

लन्डन: इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा सेफिल्ड युनाइटेड विरुद्ध लिभरपुलले जित निकालेको छ। पहिलो हाफको अन्तिम समयसम्म १ गोलले पछि परेको लिभरपुलले ‘कमब्याक’ गर्दै २–१ गोलको जित निकालेको हो।

सेफिल्डले खेलको १३औँ मिनेटमा पाएको पेनाल्टीलाई स्यान्डर बर्जले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि ४१औँ मिनेटमा लिभरपुलका रोबर्टो फर्मिनोले बराबरी गोल फर्काउँदै टोलीलाई जितको आशा जगाए।

बराबरीमा सकिएको पहिलो हाफपछि दोस्रो हाफमा लभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे। उनले खेलको ६४औँ मिनेटमा हेडमार्फत् गोल गर्दै टोलीलाई २–१ गोलले जिताएका हुन्।

खेल अवधिभर लिभरपुलले सेफिल्डमाथि दबाब कायम राखेको थियो। सेफिल्डका तीन खेलाडीले पहेँलो कार्ड पाएका थिए। त्यस्तै लिभुरपुलले ७ कर्नर पाउँदा सेफिल्डले ३ वटा कर्नर पाएको थियो।

जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

आज दुई वटा खेल हुनेछन्। पहिलो खेलमा साउथह्याम्टन र इभर्टन भिड्नेछन् भने दोस्रो खेलमा वुल्भरह्याम्टन र न्यूकासल आमनेसामने हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here