भियतनाममा गएको पहिरोमा कम्तिमा ७ जनाको मृत्यु

0
29

हानोइ : भियतनामको क्वाङ नाम प्रदेशमा बुधबार राति गएको दुई छुट्टाछुट्टै पहिरोमा परी कम्तिमा ७ जनाको ज्यान गएको छ।पहिरोमा ४६ मानिस अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पहिरो नाम त्रा माइ जिल्लामा गएको हो। त्यस क्षेत्रमा अहिले भारी वर्षा भइरहेको बताइएको छ।

पहिरो प्रभावितको उद्धारका लागि आवश्यक सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न प्रधानमन्त्री नुयन चुआन फुकले निर्देशन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here