राजेशपायल र रेखा थापाको बिहे भए अचम्म नमान्नुस् 

उमेरले ४२ पुगेका भर्सटाइल गायक राजेशपायल राई र ६२ वर्षीय पतिसँग दुई वर्षदेखि अलगिएकी ३६ वर्षीय अभिनेत्री रेखा थापाबीच आजभोलीमै नाता गाँसियो भने अचम्म मान्नु नपर्ने भएको छ ।

दशैंमा साइत हेरिरहनु पर्दैन कतै यही दशैंमा केही हुँदैछ कि ? जनआस्थाको यो प्रश्नको जवाफ दिँदै राजेशपायलले भने ‘मैले मिस गरिरहेको स्ट्याटस लेखेँ ।
उनले पनि मिस यु भनिन् । मिस गरागर मात्रै हो ।’

तर, औपचारिक सम्बन्ध गाँस्ने कुरासँग तत्काल उनको रुची भने रहेनछ । भने, ग्यारेण्टी त कसरी दिन सकिन्छ । विवाह गरेको मान्छेहरुको त डिभोर्स हुन्छ ।’ तर, रेखासँगको सम्बन्धबारे खुलस्त सुनाए, ‘हामी कहीँ न कहीँ सम्बन्धमा छौं ।
आपसमा बुझ्ने कोशिसमा छौं ।’ तर, रेखा यस्तो भन्दिनन् । भनिन्, ‘म उहाँको फ्यान हुँ, यत्ति !’ जनआस्था साप्ताहिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here