रामरहिमकी हनिप्रित धरानबाट पक्राउ !

बलात्कार ठहरिएर जेल सजायँ भोगिरहेका भारतीय बाबा गुरुमित रामरहिमको सहयोगी हनिप्रित पक्राउ परेको आशंका गरिएको छ । सुनसरी प्रहरीले उनलाई धरानबाट पक्राउ गरेको आशंका गरिएको हो ।

रामरहिम बलात्कारी ठहरिएर २० वर्षे कारबासमा गएपछि उनको सहयोगी भनिएकी हनिप्रित नेपालतर्फ भागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका थिए । उनी नेपालका विभिन्न स्थानमा भेटिएको समेत समाचारमा जनाइएको थियो ।

सोहि क्रममा वास्तविक नाम प्रियंका तनेता भएकी उनी धरानबाट पक्राउ परेको आशंका गरिएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार धरान १३ मा रहेको सेवारो सेकुवा कर्नरमा सादापोशाकमा आएका प्रहरीले मंगलबार उनको अनुहारसँग मिल्दोजुल्दो भएकी युवतीलाई पक्राउ गरेको हो । भारतीय युवती र उनकै अनुहारसँग मिल्दोजुल्दो भएकाले पक्राउ पर्ने हनिप्रित नै भएको आशंका गरिएको हो ।

कोशी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालले हनिप्रितसँग अनुहार मिलेको एक भारतीय युवती दुई दिनदेखि धरानको होटलमा बसेको पाइएको तर परिचय पत्र हेर्दा अर्कै युवती रहेको परिचय खुलेको दाबी गरे । प्रहरीले उनलाई सोधपुछ गरेर छाडिएको बताएपनि स्थानीय प्रत्यक्षदर्शीहरुले सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेर लगेको बताएका छन् ।

हनीप्रित रामरहिमको कथित छोरी हुन् । तर उनलाई रामरहिमसँग हिमचिम बढाएको भनेर पतिले डिभोर्स दिएका थिए । स्मरण सहोस् रामरहिम हरियाणा जेलमा जाँदैगर्दा उनी हेलिकम्टरमा सँगै जेलसम्म पुगेकी थिइन् । पछि रामरहिमले आफ्नो सहयोगीको रुपमा उनलाई राख्ने व्यवस्था मिलाइदिनसमेत आग्रह गरेका थिए ।

लोकान्तर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here