विश्व अल्छी दिवसको हार्दिक शुभकामना । 

यदि तपाई पनि तनावबाट मुक्त हुन चाहनुहुन्छ विश्व अल्छी दिवसलाई भव्य रुपमा मनाउनुस् । यही अवसर पारेर कोलम्बियालीहरू सडकमै सुतेका छन् । तपाई चाहिं केही छुट्टै कार्यक्रम पनि गर्न सक्नुहुनेछ ।

उच्च तनावयुक्त श्रमिकहरूलाई थकाई मार्न दिन प्रोत्साहित गर्दै मनाइएको विश्व अल्छिपन दिवस सन् १९८५ देखि हरेक वर्ष यो शहरमा मनाइँदै आइएको छ । यो सहर उद्योग व्यवसायका दृष्टिले कोलम्बियामा अग्रणी शहर पनि हो ।

यहाँका मानिसहरू निकै परिश्रमी छन् र काममा दत्तचित्त भएर लागिरहन्छन् । यस्तैमा ३२ वर्षअघि कार्लोस मारियो मोन्टोया नामका एकजना शहरबासीले अनौठो आइडिया निकाले ।

सहरबासीहरू संधै व्यवसायमा दौडधुप मात्र गर्ने होइन कि कहिलेकाहीँ थकाई मारेर जीवनको आनन्द पनि भोग गर्नुपर्दछ भन्दै विश्वमा बर्षको एक दिन अल्छिपन दिवसको नाम दिँदै सडकमै सुत्ने परम्परा सुरु गरेका थिए ।

sanghunews

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here