मोरङमा आगलागी, ४ जनाको मृत्यु 

मोरङको कानेपोखरीमा विहीबार विहान एउटा घरमा भएको आगलागीमा परि एकै परिवारका चार सदस्यको ज्यान गएको छ ।

कानेपोखरी गाँउपालिका वडा नं. ३ मा बिहान २ बजे चन्द्रकुमार राईको घरमा भएको आगलागीमा आमा गंगामाया राई, बहिनी विष्णुमाया राई र श्रीमती पार्वता राईको ज्यान गएको हो ।

उनीहरू जलेर नष्ट भएको र अवशेशमात्र फेला परेको प्रहरीले जनाएको छ ।आगलागी भएको थाहा पाउनासाथ इटहरी, उर्लाबारीबाट पुगेका बारुणयन्त्रले आगो नियन्त्रणमा लिन ३ घन्टा लागेको थियो ।

आगो नियन्त्रणमा लिएर हेर्दा परिवारका चारै सदस्यको अवशेशमात्र फेला परेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेपनि राती विजुली सर्ट वा आगो ननिभाउँदा उक्त घटना भएको हुनसक्ने अनुमान गरिएको छ । साझापोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here