दशैंमा घर आउँदा नल्याउनुस् यी सामान, एयरपोर्ट मै थुनिएला ! सेयर गरि सवैलाई जानकारी गराउँ 

हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंमा विदेशबाट घर फर्किनेहरु बढी नै हुन्छन् । बैदेशिक रोजगारीका क्रममा लामो समयदेखि देशबाहिर रहेका नेपालीहरुले उपहार र आवश्यकताका आधारमा विभिन्न सामनहरु ल्याउने गरेका छन् । यद्यपि दशैंमा घर फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट के कस्ता सामान कति मात्रामा ल्याउन पाइन्छ भन्नेमा सबै जानकार नहुँदा अप्ठ्यारोमा पर्ने गरेका छन् ।

भन्सार विभागले विदेशबाट नेपाल आउँदा ल्याउदा केही सामानमा भन्सार छुटको व्यवस्था गरेको छ ।  कानूनले प्रतिबन्ध गरेकासामान बोकेर आए भने त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमै प्रहरीले पक्राउ गर्छ ।  विदेशमा बाट नेपाल भित्रने कुनै एक व्यक्तिले कति सामान ल्याउन पाउने भन्ने व्यवस्था भन्सार विभागले गरेको छ ।

भन्सार विभागका अनुसार ५० ग्रामसम्मका सुनमा गहना, ५०० ग्रामसम्मका चाँदीका गहना ल्याउन सकिन्छ । त्यसैगरी, १ लाख रुपैया बराबर मूल्य पर्ने हिराका गहनाहरु पनि ल्याउँदा भन्सार लाग्दैन ।

तोकिएको भन्दा बढी सुन फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत भन्सार विभागले जनाएको छ ।

त्यस्तो यात्रुले एक थान क्यामेरा, मोबाइल, पेन ड्राइभ र घडी ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन । त्यस्तै १ लिटरको एक बोतल मदिराको बोतल ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।

वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १ वर्ष काम गरी आउने नेपाली नागरिकहरूलाई एक पटकको लागि अभिलेखवद्ध गरी निजहरूले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तीस इन्च सम्मको टिभिमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइने भन्सार विभागले जनाएको छ । ३२ इन्च भन्दा टिभि ठूलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ ।

त्यस्तै, एक/एक थान ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर ल्याउँदा पनि भन्सार शुल्क तिर्नु नपर्ने भन्सार विभागले जनाएको छ । आफ्नो व्यक्तिगत प्रयोजनका लागि लगाउने केही जोर लुगा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन । lokantar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here