भारतको सिरसाका कथित बाबा रामरहिमको बलात्कार मामला अझै हल भएको छैन, फेरी अर्को बाबाको नाम बलात्कारको आरोपमा पुलिस स्टेशन मा दर्ता भएको छ । छत्तीसगढ़को बिलासपुर जिल्लाको एक युवती जगदीगुरु रामानुजाचार्य स्वामी कौशेललेन्द्र पपानाचुरी फलाहारी महाराज विरुद्ध बलात्कार गरेको आरोप लगाईएको छ ।
युवतीको आरोपपछी छत्तीसगढ प्रहरीले अलावर गइ र बाबाको खोजी गर्न थालेको छ । भर्खरै प्राप्त खबर अनुसार बाबा एक निजी अस्पतालमा भर्ना भएका छन् । छत्तीसगढ पुलिस पहिले बाबाको आश्रममा पुग्यो, त्यसपछि उनीहरु खोज्दै अस्पताल पनि गए।
घटनाको काहनी :
युवतीको परिवारसँग बाबाको सम्बन्ध लगभग २५ वर्ष पुरानो हो । युवतीले इन्टरनेटशिपको अन्तिम दिन पढाई सकेर ७ अक्टोबर मा बाबालाई भेट्न अलवर आश्रम गइन् । 7:00 बजे साँझ बाबाले मन्दिरको तहखानेमा बनाइएका एक कोठामा राखे । बाबाले त्यहाँ उपस्थित मानिसहरू पठाए ।
त्यसपछि गेट बन्द गरे र केटीलाई छेउमा लगे । अनि बलात्कार गरे । घटना पछि, युवतीले दिल्लीमा बस्ने भाइसँग सम्पर्क गरिन् र उनलाई घटनाबारे जानकारी दिइन् । यसपछि, भाइबहिनीहरू बिलासपुर गइ बाबाको घृणात्मक कार्यबारे बताए । केटीको उजुरीमा बाबासपुर महिला प्रहरी स्टेशनमा बाबा विरुद्ध बलात्कारको मामला दर्ता गरिएको छ ।