यस्तो छ स्पेनको यौन मन्त्रालय,के काम गर्छ ?

यौन मामिलामन्त्रीले निःसन्तान दम्पती र सन्तान जन्माउन नचाहने जोडीहरूको तथ्यांक पत्ता लगाई प्रजनन कार्यलाई प्रोत्साहन गर्नेछिन् । स्पेनले पहिलोपटक यौनमामिलासम्बन्धी मन्त्रालय स्थापना गरेको छ।

स्पेनको गिर्दो जन्मदरलाई नियन्त्रण गर्न यौन मामिलासम्बन्धी मन्त्रालय सहयोगी सिद्ध हुने सरकाले विश्वास लिएको छ।  स्पेनको जन्मदर वृद्धि गर्ने कार्यलाई सशक्त पार्न इडेलमिरा बारेरियालाई देशको यौन मामिलासम्बन्धी मन्त्रीमा नियुक्त गरिएको प्रधानमन्त्री मारियानो राजोयले बताए।

यौनमन्त्रीको मुख्य कार्य निःसन्तान दम्पती र सन्तान जन्माउन नचाहने जोडीहरूको तथ्यांक पत्ता लगाउनु रहेको छ। उनले जोडीहरूलाई सन्तान उत्पादन गर्न हौसला दिनेछिन्। लामो समय काम गर्ने बानी, राति ढिलो खाना खाने संस्कार तथा मध्यरातपछि बेडमा जाने प्रवृत्तिले व्यक्तिका यौनकार्यमा खडेरी लागेको विज्ञले बताएका छन्।

राजधानी म्याड्रिडस्थित आई बिजनेस स्कुलका राफेल प्युयोल भन्छन्, ‘रात्रिकालीन जीवनशैलीले सन्तान उत्पादनमा ह्रास ल्याएको छ। स्पेनको जन्मदर विश्वमै सबैभन्दा न्यून छ। देशमा जनसंख्या संकट उत्पन्न भएको छ। गत वर्ष मृत्युको तुलनामा न्यून जन्म रेकर्ड गरिएको थियो।

सन् २००८ देखि स्पेनको जन्मदरमा १८ प्रतिशतले गिरावट आएको छ। सन् १९७७ मा निःसन्तान दम्पती १५ लाख रहेकोमा सन् २०१५ मा यो संख्या ४४ लाख पुगेको थियो। अधिकांश स्पेनी महिला एक मात्र सन्तान जन्माउन चाहन्छन्।

सन् २०१५ मा १८ देखि ४९ वर्ष उमेर समूहका स्पेनीमा  औषत १ दशमलव ३ प्रतिशत सन्तान थिए। जुन युरोपेली युनियनले तोकेको तथ्यांकभन्दा न्यून हो।

नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here