रेखासँग झगडा परेपछी कोमल वलीले राप्रपा छोडिन्,एमाले प्रवेश

पशुपति शम्शेर राणाले पार्टी विभाजन गराएको पीडा भुल्न नपाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई चर्चित नेत्री कोमल वलीले पनि छाडेकी छन् । राप्रपाको केन्द्रीय सदस्य रहेकी गायिका कोमलले राप्रपा परित्याग गरेकी छन् । राप्रपामा राजनीति गर्ने भनेर रेडियो नेपालको जागिर छाडेकी वलीले अन्ततः राप्रपा नै छाडेकी छन् ।

दुई राप्रपा एकीकरणको पूर्वसन्ध्यामा अभिनेत्री रेखा थापालाई समेत कमल थापाबाट टिका लगाएर पार्टी प्रवेश गराएकी कोमलले अखिर थापाको साथ किन छाडिन् ? यो भने अहिले पनि रहस्य कै विषय बनेको छ । पार्टी विभाजन र स्थानीय तह निर्वाचनमा नराम्रो पराजय भोगेपछि कोमलले राप्रपाको विकल्प खोजेको उनी निकट स्रोतको भनाइ छ । स्रोतका अनुसार उनी अब नेकपा एमालेमा प्रवेश गर्नेछिन् ।

एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा महासचिव इश्वर पोखरेलसँग वार्ता गरेपछि ओली एमाले प्रवेश गर्न राजी भएकी हुन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले कोमलाई समानुपातिक कोटाबाट सांसद बनाउने आश्वासन समेत दिएका छन् । कोमलसँग दाङका व्यवसायी तथा कांग्रेसका स्थानीय नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेका छन् ।

राप्रपा विभाजनको बेला कोममले अब आफू आजीवन राप्रपाको राजनीतिमा समर्पित हुने बताएकी थिइन् । तर, पार्टी विभाजनको दुई महिनामै एमाले प्रवेश गर्नुले उनीपनि ‘अवसरवादी’ भएको राप्रपाका एक नेताले बताए । राप्रपा परित्याबारे प्रक्रिया लिन खोज्दा कोमल वलीको फोन सम्पर्क हुन सकेन ।

एमाले सचिव सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेश गर्ने विषयमा छलफल शुरु गरेकी थिइन् । पछि शंकरले नै पार्टीका प्रभावशाली नेतासँग कोमलको भेट गराएका थिए । कोमलले राप्रपामा प्रवेश गराएकी अभिनेत्री रेखा थापा भने पार्टी विभाजनसँगै पशुपति शम्शेर राणासँगै गएकी थिइन् । लोकान्तर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here