अरुमाथी शासन गर्ने मन छ भने अवस्य यो पढ्नुहोस् 

चन्द्र प्रसाद लुइटेल

प्राणीमा सर्वश्रेष्ठ प्राणी मानिस नै हो भनिन्छ तर उसको सर्वश्रेष्ठताले एउटै मात्र तल्लिनता भने अरुमाथी कसरी शासन जमाउने र आफु सवैको सर्वश्रेष्ठ वन्नेतिर नै हुँदोरहेछ । विश्वमा घटेका प्रथम विश्वयुद्ध, द्धितीय विश्वयुद्ध देखि राष्ट्रिय र द्धिपक्षीय लडाइ पनि आफु र आफ्नो वर्गले शासन गर्ने र अरुलाई शासित वनाउने वुद्धिवाटै ग्रसित रहेछन् । यो वुद्धिमा नपढेका भन्दा पढेका, आर्थिक ताथ धार्मिक, निर्धन भन्दा धनि, शक्ति हिन भन्दा वलवान र पदहिन भन्दा पदाशिन वढि तल्लीन रहेछन् । यही पदाशीन वुद्धिले मान्छेलाई दिनानुदिन उदाशिन वनाउँदै लगिरहेको छ ।

मान्छे तीनवटा शक्तिले अरुमाथि अभिपत्य जमाउन खोज्दो रहेछ । धनशक्तिले, सामथ्र्य र वौद्धिक शक्ति र पदशक्तिले । धन शक्ति यसको आडमा दुनियामा चिनिने, दमनमा दादागिरी खरि गरी निर्धालाई लातको भरमा राख्ने, भुमिमा अधिपत्य कायम गर्ने, कृत्रिम अभाव सृजना गरी आपुर्तिमा आफ्नो अर्काको छुट्याउने, परनिर्भरता कायम गर्ने शक्ति यहि शक्ति रहेछ ।

विकासोन्मुख मुलुक त्यसमा पनि संंक्रमणकालीन नेपालमा यो शक्तिले अरु दुइवटा शक्तिहरु सामथ्र्य र वौद्धिक र पदशक्ति आफु वरिपरि परिक्रमा गराइ रहेको छ । यी दुई शक्तिले वोल्ने गर्ने यावत कुराको आवरण जे भएपनि भित्र यहि शक्ति लुकेको छ । यो सत्ययुगको कृष्ण हो । वाँकी दुई शक्ति गोपिनी अवतार हुन् । यसभित्र केहि नगन्य मात्रका मानिस छोडेर वाँकी सवै प्रतिरोधी हुन्छन् । त्यसमा पनि धार्मिक कडी चुढिएको र नैतिकताको स्वत स्फुर्त वन्धन नवसिसकेको नेपाल जस्तो विकासोन्मुख देशमा त यो झन प्राणघातक हुँदै आएको छ ।

सामथ्र्य र वौद्धिकताको शक्तिले पनि मानिस अरु माथि शासन गरिरहेको छ । विश्वमा अमेरिका, वेलायत, जापान, फ्रान्स, कोरिया चाइना जस्ता देशहरुमा मानिसले विज्ञान र प्रविधिमा फड्को मार्न सकेको पनि यहि शक्तिले हो । त्यहाँका मानिसले हाइटेक कम्प्युटर वनाए, वेतारे फोन, इमेल, औषधी र चिकित्सा विज्ञानमा दुनियालाई अगुआइ गरे । आज अंग्रेजी सवैले पढ्नैपर्ने भयो किनकि यसमा औषधी विज्ञानको भाषा छ, अर्थशास्त्रको सत्र छ समता र प्रविधिको शव्दावली छन् ।

उत्खनन अवशेषका इन्जीन निर्माण र मर्मतको विज्ञान र कला छ । यो सामथ्र्य ले ती देशहरु अघिअघि र अरु पछिपछि छ । जसरी एउटा कक्षामा जान्ने छात्रा छात्रको सामथ्र्य र वौद्धिकताले अरु माथि उसले शासन गरिरहेको छ । नेतृत्वमा पुग्ने नेताले यहि शक्तिको प्रयोग गर्न सकेको छ । प्रशासक यही यही क्षमताले कहिले अघि र कहिले पछि सर्छन । धरातलिय यथार्थ जेसुकै होस यो वर्ग भाषा मिलाउन चतुर छ । उसको भषाको असर वुझ्न नसक्ने दुनियाको लागि के गर्छ भन्दा के वोल्छ वढि स्वादिलो छ । काममा जति खोक्रो भए पनि वोली यति दमदार हुन्छ कि भोकाले भोक लागेको थाहै पाउँदैनन् ।

महिलाले आफ्नो चिर हरण भएको पत्तै पाउँदैनन् । पुरुषले पुरुषत्व लुटिएको ख्यालै पाउँदैनन्, गाउँ वाझो भएको गाउलेले वास्तै गर्दैनन्, भविष्यमा छिमेकि विच काटाकाट हुने कुरा तल्लाघरे, माख्लाघरे वुझ्दै वुझ्दैनन्, आफु ठगिएको कुरा श्रमीकले मतलव नै गर्दैनन्, आफ्नो मानसम्मानमा ठेस पुगेको कर्मचारीले मतलवै गर्दैनन्, पुरसकार वेइज्जत का र घृणाको टोकन अफ लभ भएको छ भन्ने इमान्दार पुरस्कृत समेत यादै पाउँदैनन् विकसित मुलुकको यहि सामथ्र्यले विकासोन्मुख मुलुकमाथी धनशक्ति र पद शक्ति दुवैमा अधिपत्य जमाइ रहनेछन् ।

विकासोन्मुख देशको भाषामा प्रविधि जोड्नु अहिलेको आवश्यकता हो । यसको लागि खोज, अनुसन्धान र प्रयोगको ठूलो भूमिका छ । विकसित मुलुकले यसलार्य भन्दा संरक्षण जुन परिवार र समुदायले सहज सँग निर्वाह गर्न सक्छ, त्यसमा वढि जोड दिइरहेका छन् । हामी चुपचाप ग्रहण गरिरहेका छौँ । कहिले त वोल्ने आट गरेका पनि देखिँदैन ।

विश्वमा ग्लोवल वार्निङको चिन्ता छ वातावरण प्रदुषणको चिन्ता छ पछाडि पारिएको वर्गसँग समुदायको चिन्ता छ, लैङ्गीक हिंसाको चिन्ता शहर वढेर वस्ती पुरिने चिन्ता छ, हिउँ पग्लेर हिमाल नाङ्गो हुने र वस्ती वगाउने चिन्ता छ । यी चिन्ताहरु जायज छन् र व्यवहारमा मिलेन । किन? व्यवहार भयो रगतको आधारमा सहयोग गर्ने, लिङ्गको आधारमा सहयोग गर्ने, जातको आधारमा सहयोग गर्ने, एउटालाई वाँधेर अर्कोलाई स्वतन्त्र छाड्ने कुरा त्यतिखेर ठिक हुन्छ जतिखेर कमजोरलाई खुराक खुवाउने, रोग क्षमता विरुद्ध औषधोपचार गर्ने, स्वस्थ हुन वातावरण सफा राख्न प्रयास गर्न तर वलियोलाई तल वसालेर अरुलाई मात्र खान दिने सोचले के त्यो आज बलियो देखिएको वर्गा पृथ्वी रहि रहुन्जेल वलियै भै रहला? उसका दर सन्तानले यो पुस्ताका निति निर्मातालाई भोली स्यावास भन्ला?

कुरा सत्य हो हिमालको हिउँ पैरोले वगाएका घर छ भने त्यो गरिवको घर वगाएर वास हिन भयो भने त्यो गरिव हो । समुद्रको सतहमाथी उठेर वास विहिन भएका को हो भने पहिलो गरिव हो । गरिवीबाट मुक्त गराउने हो भने सवै कुराबाट मुक्ती दिलाउन सकिन्छ, जातबाट, शोषणबाट, अशिक्षाबाट र निरमरताबाट ।

मान्छेले मान्छे माथि शासन गर्ने अर्को स्तम्भ पदसोपान शक्ति हो । यो स्थायी प्रभाव छाड्ने व्यक्तिको अस्थायी शक्ति हो । यसले व्यक्तिको आँखा छोप्ने अन्ध शक्ति रहेछ । यो शिक्तिले अन्ध शक्ति खोज्दोरहेछ । आफु भलो त जगत भलो को ठीक उल्टा आफु ठिक त जगत वेठिक भन्ने शक्ति हो रहेछ यो शक्ति । विश्वका महान व्यक्ति अव्राह्म लिङ्कन, नेल्सन मण्डेला, महात्मा गान्धी, हेनरी डेविट, जस्ता व्यक्तिहरुले पदशक्ति ग्यारीफिल्डले गोली खाएको, लुई चौधौँ कोतपर्वदेखि नेपालका कयौँ काण्डहरु घोक्दै राम्रा अक्षर र प्रभाविला वाक्यहरु शक्तिले पदमा पुग्यो तर पाठ सिकको देखिँदैन । यो वैशमा स्याल पनि घोर्ले हुन्छ भनेझै पदमा पुगेपछि हिजोको कामचोर निष्क्रिय आज कट्टर राष्ट्रभक्त भनौ दुनियाको एकमात्र तरा वन्न आतुर देखिन्छ ।

यो दुनियाको गलत संस्कारको उपज हो । नेपाली संस्कारले सानालाई ठूलाको कुरा नकाट्ने कुरा सिकाएको छ भने ठूलालाई जति सकियो दमन गर्न सिकाएको छ । दुनियाको समानताको रटान दिने ठालु पनि ठुलो भएपछि उसको युगको ठुलो भन्दा पनि खरो पल्टन्छ । हाम्रो आम मानिस पनि आफुलाई अरुले, मुर्ख, जाबा, स्याल, नाथे, अवुझ, अल्छी अज्ञानी भनेको सुन्न मन पराउँछ । हाम्रो वुझाई व्यक्ति भन्दा पदले जान्छ, कुर्सीले सिकाउँछ भन्ने वुझाइ हो । पद, व्यक्ति र सामथ्र्य शक्तिको संयोजना मात्र शाशनको कडि हो, शाशनको गुण हो भन्न आजसम्मको शिक्षा र समाजले वुझाउन नसक्नु आजको नेपालको समस्या र दुर्भाग्य दुवै हो ।

sindhulisaugat

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here