पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले गरिन् सनसनीपुर्ण खुलासा 

पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चाइसर्नले आफ्नो फेसबुकमा पारससँगको निकटता झल्किने फोटा पोस्ट गरेकी छिन् । उनले गत बिहीबार राति पारससँगका चार फोटो पोस्ट गरेकी हुन् ।

माथिको फोटोमा कन्निका र पारस सेल्फी पोजमा छन् भने तलको अर्काे तस्बिरमा उनीहरूसँगै अर्की युवती पनि छिन् । अर्काे एउटा फोटोमा पारस फोटो खिच्न लागेका देखिन्छन् भने कन्निका ल्यापटप चलाउँदै छिन् । कन्निकाले पारसको सिंगल फोटो पनि पोस्ट गरेकी छिन् ।

त्यस फोटोमा पारस ‘टपलेस’ छन् । अर्थात्, सोफामा बसेका पारसले शरीरको माथिल्लो भागमा कपडा लगाएका छैनन् । उनको दाहिने पाखुरामा ठूलै ट्याटु देखिन्छ । टेबुलमा पानीको बोतल, लाइटर, चुरोटको बट्टा र न्याप्किन बक्स पनि देखिन्छ ।

कन्निकाले ती फोटोहरू किन पोस्ट गरेकी हुन्, त्यो भने खुलेको छैन । केही वर्षअघि पारस कन्निकाका साथ थाइल्यान्ड बसेका थिए । त्यतिवेला बिरामी परेका पारसको उनले निकै राम्रो हेरचाह गरेकी थिइन् । केही समययता पारस काठमाडाैँ बस्न थालेका छन् । न्यूजअभियान 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here