ज्योती मगरलाई पनि मात खुवाउने फेरि को हुन यि गायिका ? 

गायिका लक्ष्मी आचार्य यती बेला चलचित्रका तथा आइटम गीत गाउनमा व्यस्त छिन् । उनी गीत मात्रै गाउने होइन आफ्ना गीतमा आफैँ मोडेलिङसमेत गर्छिन् । उनले हालै नयाँ तीज गीत ‘भिटामिन’ रिलिज गरेकी छिन् । यो गीतमा लक्ष्मीलाई गायक खुमन अधिकारीले साथ दिएका छन् ।

चार पाँच वर्षको छोटो अवधीमा उनले नेपाली सांगीतिक क्षेत्रमा राम्रो नाम बनाउन सकेकी छिन् ।आचार्य गायिका मात्रै होइन नेपाल टिम्बर कर्पोरेशनकी कर्मचारीसमेत हुन् । सांगीतिक क्षेत्रको कामले जागिर छाड्ने मनस्थिति उनको छ । तर छाडिसकेकी छैनन् । हट र सेक्सी हुँ भन्न रुचाउने लक्ष्मीलाई आफ्नो आँखा सबैभन्दा सेक्सी लाग्ने गर्दछ ।

लोकगीत गाउने कलाकारभन्दा सबैले सिम्पल होला भन्ने मनस्थित बनाएका हुन्छन तर उनी त्यस्ति छैनन् । उनी फेसनेवल छिन् त्यसैले उनलाई चलनचल्तिका पहिरन लगाउन रुचाउँछिन् । उनको विचारमा पहिरन लगाउँदा सजिलो महशुस हुने पर्छ । उनी भन्छिन्, ‘ड्रेस लगाउँदा इजी फिल हुनु पर्यो चाहे त्यो छोटो होस् चाहे लामो ।’गायिका आचार्यलाई छोटा लुगा मन पर्ने भएकाले उनलाई समय पनि गर्मी नै मन पर्दछ ।

लामो कपडाभन्दा छोटा कपडाले उनलाई सजिलो महसुस हुने खुलस्त पारिन । कतिपय अवस्था यस्तो छोटा पहिरहने उनलाई अफ्ठ्यारो पार्ने गरेको पनि छ । त्यसैले छोटा कपडा भने बेला मौकामा मात्र पहिरन गर्ने बताउँछिन् । प्रायः पार्टी, सुटिङ, अन्तर्वार्ता आदिमा उनी छोटा लगाउँछिन् ।उनले आफू कोटामा एक्लै हुँदा हट फोटो खिच्ने गरेको उनले खुलस्त पारिन् ।

बाथरुमसमेत हट तस्बिर खिच्ने गरेका बताउँदै । उनले भनिन् ‘केटीहरु रुममा एक्लै हुँदा गल्यामर तस्बिर लिन रुचाउछन् । आफू कस्तो छु भन्ने सबैको चाहना हुने भएकाले बाथरुम र बेडमा प्रयाः आफूलाई मन लागेको पोजमा तस्बिर खिचिन्छ ।’तपाईंलाई आफ्नो शरीरको कुन अंग मन पर्छ भन्ने प्रश्नमा उनले छातीतर्फ संकेत गर्दै अलिअलि लजाउँदै जवाफ दिइन्, ‘बुझ्नुहोस् न सबै भन्दा धेरै मलाई त्यो कुरा मन पर्छ ।’

उनले आफ्नो छातीमा ब्यांकक पुगेर ट्याटू खोपाएकी छिन् । ट्याटू देखाउनको लागि बनाएको हो त्यसैले देखाउदा राम्रो हुने उनको तर्क छ । आफूले छातीमै ट्याटु हान्नुको कारण खुलाउँदै छातीमा कुदिएको मार्केट राम्रो भएकाले कुदेको बताइन् । उनले भनिन् ‘सबैको नजर यही पर्छ त्यसैले मैले पनि यहीँ हानिदिएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here