४ वर्षे बालकले रुदै भन्यो –‘म उठ्दा बाबाले मम्मीलाई चक्कुले काटिरहनुभएको थियो’ 

निद्राबाट बिउँझिँदा ४ वर्षका बालकले आफ्नै बाबाले आफ्नी आमाको हत्या गरिरहेको देख्दा कस्तो होला । एक जना ४ वर्षका बालकले यो सबै भोगेका छन् । उनले आफ्नी आमाको हत्याको सबै विवरण प्रहरीलाई बताएका छन् ।

भारतको उत्तर प्रदेशको मैनपुरीमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । महिलाको शव आपत्तिजनक हालतमा भेटिएको थियो । उनको नजिकै उनका ४ वर्षका छोरा रोइरहेका थिए । प्रहरीले शवलाई पोष्टमार्टमको लागि पठाएको छ । हत्या गर्ने श्रीमान् फरार छन् ।

रोइरहेका बालकले प्रहरीलाई भने ‘राती टिभी हेरेपछि म सुतें । बाबासँग अर्कै मान्छे पनि घर आएको थियो । म उठ्दा बाबाले मम्मीलाई चक्कुले काटिरहनुभएको थियो ।’ यहाँका भोले जैन नामका व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । छोरा जन्मिएपछि २ वर्षदेखि श्रीमतीसँग भाडामा कोठा लिएर बसिरहेका भोले सोमबार बिहान बेपत्ता थिए ।

घरमालिकले कोठामा हेर्दा उनकी श्रीमती मृत अवस्थामा र छोरा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । भोले बेरोजगार भएको र पैसाको अभावका कारण झगडा भइरहने गरेकोमा त्यही झगडाका कारण हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । -डिसी नेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here