मेष
घर परिवारबाट सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । व्यापार पनि बढ्ला ।
बृष
काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् ।
मिथुन
मन चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।
कर्कट
शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । काम गर्ने वातावरण मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।
सिंह
वैदेशिक कार्य योजनाले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।
कन्या
आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा हुन सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।
तुला
समयमा सहि निर्णय लिन नसक्दा अवसर गुम्न सक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छैनन् ।
बृश्चिक
पारिवारिक सुख शान्ति कम मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।
धनु
मनोबल उच्च गरि काममा प्रवेश गर्न होला गरेका काम सफल हुनेछन् । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्रमा सुधार आउनेछ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।
मकर
जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ ।
कुम्भ
समयको गति सगै थोरै सुधार आउनेछ अलमलमा नपरि काम गर्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा भन्दा कमाईमा बढि ध्यान जानेछ ।
मीन
प्रातकाल थोरै अनुकुल देखिए पनि मध्यान्ह पछि समय प्रतिकुल होला । अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायबाट आय भन्दा व्यय बढि हुने देखिन्छ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।