मधेसका १३ जिल्लामा भारतले खेल्दैछ फेरी यस्तो नयाँ गेम

नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आइरहेको भारतले पुनः तराई मधेसमा नयाँ खेल सुरु गरेको छ । तराईका १३ जिल्लामा भारतले नयाँ गठबन्धन खडा गर्न लागेको हो ।

एमालेसहित मुलधारमा रहेका कांग्रेस र माओवादी केन्द्रलाई कमजोर पार्न काठमाडौंस्थित भारतीय राजदूतावासले तराईमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धन खडा गर्न लागेको हो ।

लैनचौरस्थित दूतावास स्रोतका अनुसार भारतले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई मध्यनजर गर्दै धनुषा, रौतहट, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, बारा, पर्सा, सुनसरी, मोरङ, नवलपरासी, कपिलवस्तु र रुपन्देही गरी यी १३ जिल्लामा राजपा र फोरमको गठबन्धन बनाउन लागेको हो ।

गठबन्धनले यहाँ बहुमत ल्याउने र जितेको सीटमा ५०–५० प्रतिशत बाँडफाँड गर्ने समझदारी समेत भइसकेको स्रोतको दाबी छ । भारतले तराईका १३ जिल्लामा ल्याएको यो योजनाको मुख्य उद्देश्य भनेको एमालेलाई सफाया गर्नु नै हो । साथसाथै कांग्रेस माओवादीलाई पनि कमजोर गर्न गठबन्धन बनाउँदैछ ।

जसमध्ये यी १३ जिल्लामा ५०–५० नतिजा (एउटा सीट राजपाले, एउटा फोरमले) बाँडफाँड हुनेछ । बाँकी जिल्लामा भने जहाँ जसरी जान्छ खुल्ला हुनेछ । गठबन्धन निर्माण गर्न भारतीय दूतावासले शनिबार राति संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको छ । राजपाका महन्थ ठाकुर र राजेन्द्र महतोसँग पनि हिजै कुरा भएको थियो । कुरा गरिसकेपछि गठबन्धन बन्ने करिब पक्का पक्की भएको स्रोतको दाबी छ ।

यसअघि चुनावलक्षीत कांग्रेस–माओवादी गठबन्धन खडा गरेर नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भारतले अहिले आएर नयाँ गठबन्धनको खेल थालेको छ । ‘यसरी भारतले चुनावको मुखमा फेरि नेपालको आन्तरिक राजनीतिमा चलखेल गर्न खोजिरहेको छ ।

विखण्डनकारी शक्तिलाई बढावा दिँदैछ,’ स्रोतले भन्यो– ‘जबकी एमाले अतिवादी थियो नै, त्यसमा मुलधारमा रहेको कांग्रेस र माओवादी पार्टीलाई रोक्नका लागि, कमजोर गर्नका लागि यो हिसाबले गेम गर्दैछ । भारतीय दूतावास विखण्डनकारीलाई सघाउँदैछ ।’

नाकाबन्दीदेखि संविधान घोषणामा ठाडो हस्तक्षेपकारी रुप देखाएको भारतले तराईमा किन यस्तो गठबन्धन बनाउँदैछ अझै बुझ्न सकिएको छैन् । तर, छिमेकी भारतको यो खेल गन्धा खेल हो । हरेक नेपाली सचेत हुनु जरुरी छ ।

nepalpana को सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here