विज्ञान प्रविधीको विकाश हुँदै जाँदा मानिसहरुको जीवन शैली फेरिएको छ । हरेक मानिस ब्यस्त लाग्छ र सफलताको दौडको पछि छ ।
कतिपय ब्यक्तिलाई जीवनमा सफलता मिल्छ तर जीवनभरी संघर्ष गर्दा पनि कतिपय भने असफल नै रहन्छन् । जीवनमा सफल र सुखी हुन चाहने हरेक मानिसले ६ प्रश्नको जवाफ थाहा पाउनु पर्ने पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यको भनाइ छ ।
चाणक्य भन्छन्ः
क: काल: कानि मित्राणि को देश: कौ व्ययागमौ।
कस्याऽडं का च मे शक्तिरिति चिन्त्यं मुहुर्मुंहु:।।
चाणक्य नीतिको चतुर्थ अध्यायमा रहेको यो १८ औं श्लोकको अर्थ हो हामीले जीवनमा सफलता पाउनका लागि ६ प्रश्नको जवाफ थाहा पाउनु पर्छ यो थाहा पाउँदा असफलताको गुञ्जायस रहँदैन ।
पहिलो कुराः कस्तो समय चलिरहेको छ ?
चाणक्य भन्छन् कुनै पनि समझदार ब्यक्तिले वर्तमान समय कसरी चलिरहेको छ भन्ने कुराको हेक्का राख्नु पर्छ । जसले समयको चाप बुझ्छ उ जीवनमा सफल हुन सक्छ । समयको पदचाप नबुझ्ने ब्यक्ति जतिसुकै जान्ने पल्टिएपनि सफल हुन सक्दैन । समय थाहा नपाउने मान्छेले दुःख पाउँछ ।
दोश्रो कुराः मेरो मित्र को हो ?
जीवनमा को शत्रु हो को मित्र हो चिन्नु निक्कै महत्वपूर्ण हुन्छ । जीवनमा शत्रुसँग सचेत रहनु पर्छ भने मित्रहरुसँगको सहयोगबाट अघी बढ्नु पर्छ । शत्रु र मित्र चिन्न नसक्ने ब्यक्ति जीवनमा सफल हुन सक्दैन । मित्रलाई टाढा राख्ने र शत्रुसँग नजिक भएर काम गर्दा गरेको मेहनत पनि उल्टो फल दिने हुन सक्छ ।
तेश्रो कुराः आफू बसेको स्थान कस्तो छ ?
आफू बसेको स्थान कस्तो छ । आफू बसेको शहर वा देश कस्तो छ यहाँ के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने जानकारी राख्नु पर्छ जीवनमा । जहाँ बसिन्छ त्यहाँ गर्न हुने र नहुने कुरा थाहा नपाउने ब्यक्ति समस्यामा पर्ने सक्छ ।
चौथो कुराः खर्च र आम्दानी कस्तो छ ?
कुनै पनि समझदार ब्यक्तिले अपनो आय र ब्ययको सन्तुलन कायम गर्न सक्नु पर्छ । म कति कमाउँछु कति खर्च गर्न सक्छु भन्ने प्रश्नको जवाफ थाहा पाउन सक्ने ब्यक्ति मात्र सफल हुन्छ । आफ्नो आय अनुसार ब्ययको हिसाव मिलाउने ब्यक्ति समस्यामा पर्दैन । यो प्रश्नको जवाफ जीवनमा सँधै थाहा हुनु पर्छ ।
पाँचौं कुराः म कसको अधिनमा छु ?
कुनै पनि ब्यक्तिले आफू कहाँ छु र कसको अधिनमा छु भन्ने कुरा सँधै थाहा पाएको हुनु पर्छ । काम गर्ने कार्यालय देखि घरमा समेत कसै न कसैको मातहत हुने हुँदा यो कुराप्रति सँधै सचेत हुनु पर्छ । कहाँ के काम गर्नु हुन्छ के हुँदैन सँधै थाहा पउनु पर्छ । आफ्ना ब्यवहार त्यसै अनुसार तय गर्न सक्ने ब्यक्ति मात्र सफल हुन्छ ।
६ अन्तिम कुराः म मा कति शक्ति छ ?
जीवनमा सबै भन्दा महत्वपूर्ण प्रश्न हो आफू सँग कति शक्ति छ । यो प्रश्नको जवाफ राम्रोसँग बुझेको मान्छे नै जीवनमा सफल हुन्छ । यदि आफूसँग कति शक्ति छ भन्ने बुझ्न सकिएन भने जीवनमा असफलताबाहेक केही हात लाग्दैन ।
nepaliheadlines