ट्रम्पपत्नी मेलानियाको नग्न तस्वीर हेर्दे गरेका मन्त्री पक्राउ

अमेरिकका  राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुन्दर पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको अवस्थामा कर्नाटक राज्यका शिक्षामन्त्री तनवीर फसेका छन् ।मन्त्रीले कर्नाटकस्थित टीपू जयन्तीको समयमा आफ्नो मोबाइलमा ट्रम्पकी तेस्रो पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको भिडियो सार्वजनिक भएका छन् ।

मन्त्री तनवीर यही १० नोभेम्बरमा टीपू जयन्तीको अवसरमा कर्नाटकमा भइरहेको कार्यक्रममा भाग लिन गएका थिए । कार्यक्रममा मन्त्रीले मेलानियाको नग्न तस्वीर हेर्दै गरेको विषयलाई लिएर विपक्षी भाजपाका नेताले मन्त्रीको क्रियाकलाप प्रति आपत्ति जनाएका छन् ।

आफ्नो बचाउ गर्दै मन्त्री तनवीरले टीपू जयन्तीको उक्त कार्यक्रममा मोबाइलमार्फत अन्य कुराकै जानकारी लिइराखेको बताएका थिए । तर टिभी फुटेजमा भने मन्त्रीले ट्रम्प पत्नी मेलानियाको नग्न तस्वीर हेर्दै गरेको देखिएको थियो ।

विपक्षी दलका भाजपाका नेताले मन्त्रीले आफू फस्ने डरले नग्न फोटो हेर्दै गरेको कुरालाई बंग्याउन खोजेको समेत आरोप लगाए ।एक प्रहरी अधिकारीले मन्त्रीले मेलानियाको १५ बर्ष अगाडि ट्रम्प पत्नी मेलानियाले मोडलिङ गरिरहेको समयताकाको हट र नग्न तस्वीर हेरेको बताएका छन् ।

मन्त्रीको मोबाइलमा रहेको व्हाट् एप्समा मेलानियाको उक्त नग्न फोटो आएको प्रहरीले बताए ।यस घटनालाई लिएर मन्त्रीले आफ्नो बद्नाम गर्न खोजेको भन्दै आफ्नो भिडियो खिच्ने च्यानलमार्थि प्रहरीमा एफआरआइ दर्ता गरेका छन् ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here