विप्लवको पार्टी जस्तै अर्को पार्टी जन्मियो, राष्ट्रिय स्तरको लडाकु दस्ता बनाउने योजना !

नेपाल संघीय समाजवादी पार्टी र वाम लोकतान्त्रिक जनपक्षिय मञ्चबीच पार्टी एकिकरण भएको छ । आइतबार राजधानीमा दुई पार्टीबीच एकिकरण भएको घोषणा गरिएिको हो । पुराना नेता जीतवीर लामा अध्यक्ष तथा पूर्व माओवादी सांसद तथा वाम लोकतान्त्रिक जनपक्षिय मञ्चका महासचिव र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी सहितका नेताहरुले संयुक्त हस्ताक्षेर गरेका छन् ।

पार्टी एकता घोषणासँगै विभिन्न कार्यक्रमसमेत सार्वजनिक भएको छ । उनीहरुले जनताबाट निर्वाचित कार्यकारी प्रणाली अबलम्बन गर्न संघर्ष गर्ने भएका छन् । संघीयतालाई जातिय पहिचानको आधारमा समेट्नु पर्ने उनीहरुको माग छ ।

५ बुँदे सहमति अनुसार किसान मजदुर,जनजाती, मधेसी, दलित, मुश्लिम र अल्पसंख्यक समुदायलाई सचेत बनाउने र उक्त वर्ग विरोधी तत्व विरुद्ध राष्ट्रिय सशक्त ‘सांस्कृतिक भोलेन्टियर दस्ता’ बनाउने समेत उनीहरुको योजना छ ।
त्यस्तै भ्रष्टाचार र कमिसनखोरको घोर विरोध गर्ने समेत पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

‘देशमा व्यप्त भ्रष्टाचार, कमिसनखोर, गुण्डागर्दी तथा भौतिक विकास निर्माणको ढिलासुस्ति, झारो टार्ने , लापरवाही प्रवृत्तिको भण्डाफोर तथा उचित कारबाहीका लागि जनपहरेदारको भूमिका निर्वाहन चलाउनेछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

एकीकृत पार्टीले जीतवीर लामालाई बरष्ठ उपाध्यक्ष र योगेन्द्र घिसिङलाई महासचिवमा चयन गरेको छ । सो पार्टीले आवश्यक परे भूमिगत संघर्ष समेत गर्ने र राज्य विरुद्ध विद्रोह गर्ने योजना बनाएको छ । यता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि भूमिगत संघर्ष वा सहरी विद्रोहको नारा लगाउँदै आएको छ । पार्टी अध्यक्ष भने पूर्व गृह राज्य मन्त्ती रिजवान अन्सारी रहेका छन् ।

citydainik

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here