सबैले सुन्नुभयकै होला जिन्दगीमा हामिलाइ जुन चिजले रुवाउछ त्यसको फाइदा धेरै हुन्छ।
प्याज हाम्रो भान्साको एक अभिन्न अङ्ग हो। हरेक दिन यसको प्रयोग हुन्छ। खाना बनाउने बाहेक प्याज अरु बिमारिहरुका लागि पनि प्रयोग गरिन्छ। के के हुन् त ती ?
प्याजको फाइदा
किराले टोकेको ठाउँमा प्याज दल्दा राम्रो हुन्छ। सुन्दा अचम्म लागे पनि यो सत्य हो। किराले टोक्यो भने प्याज दल्नुस।
हात पोल्यो भने पनि प्याज दल्दा राहत हुन्छ किनकि प्याज निकै चिसो हुन्छ। पोलेको ठाउमा दल्दा यसले आराम दिन्छ।
तपाईंको औंला वा शरीरको कुनै भागमा केही गडेको छ भने प्याजको एउटा टुक्रा लिएर ४० मिनेट जति गडेको ठाउँमा दल्नुस गडेको चिज आफै बाहिर निस्कन्छ।
प्याजको रसलाइ पानीमा मिसाएर अनुहारमा लगाउदा अनुहारमा भएका दाग हरायर जान्छ।
कपालको जरामा प्याज दल्दा कपाल कालो र नरम हुन्छ। कपाल झर्ने समस्या पनि कम हुन्छ।
जोर्नी तथा शरीरको गाठो दुखेमा प्याजको रसमा तोरिको तेल मिसायर मालिश गर्दा आराम हुन्छ।
यदि पिसाब राम्ररी भएको छैन भने प्याजको रसले पेटमा हल्का मालिश गर्दा ठिक हुन्छ।
प्याजको रसमा ब्याक्टेरिया नाशक गुण हुनाले घाउमा यो दल्दा इन्फेक्सन बढ्दैन ।
काचो प्याज खादा इन्सुलिन बन्छ। प्याजको सलाद डायबिटिजका लागि फाइदाजनक हुन्छ।
प्याजमा अत्यधिक फाइबर हुने हुदा दैनिक खाचो प्याज खादा पाचन प्रणाली मजबुत हुन्छ।
काचो प्याजमा मिथाइल सल्फाइड र अमिनाे एसिड हुनाले ब्लड प्रेसर कन्ट्रोल गर्न मद्दत गर्छ।