तपाई एन्ड्रोइड फोन युज गर्नुहुन्छ भने तपाइँलाई अनुभव होला कि किनेको केही समय पछि फोन स्लो चल्ने ह्याङ हुने समस्या ।कुनै यप्स खोल्दा वा ब्याक गर्दा समय लाग्छ। यसबाट कसरी छुटकारा पाउने त?
फोनमा कुनै पेन्डिङ अपडेट्स छ भने पुरा गर्नुस्
सेटिङमा गयर सफ्टवेयर अपडेट बाट फोन अपडेट गर्नुस।
लाइव वालपेपर हटाउनुस
वालपेपरले फोनमा अत्यधिक स्पेस लिन्छ । यसले गर्दा फोन स्लो हुन्छ। लाइव वालपेपरलाइ इमेजले रिप्लेस गर्नुस।
फोनको जन्क फाइल बेला बेला डिलिट गर्नुस
यो कुनै एप्स द्वारा पनि गर्न सकिन्छ।
डुप्लिकेट सम्पर्क नम्बर डिलिट गर्नुस
डिभाइसमा कयौं डुप्लिकेट नम्बर स्टोर हुन्छ। यी नम्बर डिलिट गर्नुस।