तपाईंलाई सफल र धनी हुनबाट रोक्ने यी ७ बानी हुन्

धनी बन्ने सपना जो कोहिको पनि हुन्छ। सबैलाई आफू सङ धेरै पैसा होस र इच्छा अनुसार खर्च गर्न पाइयोस् भन्ने हुन्छ। तर हामी अन्जानमै केही एस्ता गल्ती गर्छौ जसले धनी हुनबाट रोकिरहेको हुन्छ।

प्राय हामी मोलमोलाइ गर्न कमजोर हुन्छौं । हाम्रो तलबका बारेमा हामी मोलतोल गर्न सक्दैनौं ।जति दिन्छ उतिमै राजी हुन्छौं ।यस्तो बानीले तपाइँलाई अगाडि बढ्न दिदैन। आफ्नो क्षमता र सिपका आधारमा तलब माग्नुहोस। जति दिन्छन् त्यसमा चित्त बुझाएर नबस्नुहोस।

तपाईं रियल स्टेट वा अन्य चिजमा लगानी गर्नुहुन्छ होला तर सबैभन्दा ठुलो लगानी भनेको आफैमा गर्ने लगानी हो। येसले तपाईंलाई राम्रो बनाउछ। त्यसैले धेरैभन्दा धेरै सीप सिक्नुस र अनुभवी बन्नुस। जब तपाई भित्र तपाईंको एम्प्लोइलाइ चाहिने सबै गुण हुन्छ अनि माथि बढ्ने आत्मबिश्वस बढ्छ।

 

हामिमध्ये कोहि मात्र जागीरमा निर्भर हुन्छौं । यो गलत हो। तपाईं धेरै पैसा कमाउन चाहनुहु,भने एउटै स्रोतमा निर्भर नरही मल्टिपल स्रोतको खोजी गर्नुपर्छ । कुनै साइड बिजनेस वा कुनै स्रोत हुनु जरुरी छ जुन तपाईंलाई समस्या पर्दा काम आओस।

करिअरको सुरुवातमा हामिमा निकै उत्साह र मोटिवेसन हुन्छ। आफ्नो पोजिसन र तलबका लागि निकै आवाज उठाउछौ। केही बर्सपछी यो हरायर जान्छ। येसो हुनु तपाईंको लागि बाधक हो।

जिन्दगीमा एक लक्ष्य हुनु जरुरी छ र त्यसका लागि निरन्तर कोसिस गर्नुपर्छ। कोहि ब्यक्ति लक्ष्य प्राप्त भएपछि अब के गर्न छ र भनेर बस्छन् ।यो सोच पनि तपाईंको लागि बाधक हो। आफ्नो लक्ष्यमा पुगेर नरोकिनुस बरु अझ अगि बढ्नुस।

हामी कहिलेकाही आफ्नो कम्पनीको लागि हदभन्दा बढी इमान्दार हुन्छौं ।जसले गर्दा हामी त्यो ठाउँ छोडेर अन्त जाने सोच्दा पनि सोच्दैनौ। इमानदार हुनु नराम्रो होईन तर आएका अरु अवसरहरु लाई भने इमान्दारिताको कारण नजरन्दाज गर्नु हुन्न ।

कतिपयले आफ्नो बचत रकम येतिकै बैंकमा छोडिदिन्छ्न। उनीहरु कहिले पनि इन्भेस्टको चुनौती लिन चाहदैनन् ।यदि त्यो रकमलाई सहि ठाउँमा लगानी गरे नाफा कमाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here