जहाजको चर्पीमा विद्यार्थीसँग यौनसम्बन्ध राख्ने शिक्षिका

एजेन्सीः एक यात्रुबाहक जहाजको शौचालयमा विद्यार्थीसँग शिक्षकले यौनसम्बन्ध राखेको मामिला सार्वजनिक भएको छ । यो घटना स्कुलको नियमित भ्रमणबाट फर्कने क्रममा जहाजमा भएको हो ।

अब यी शिक्षकमाथि स्कुलमा पढाउन प्रतिबन्ध लगाइएको छ । बेलायतको ब्रिस्टलमा २८ वर्षीया एलीनोर विल्सन भौतिक विज्ञानकी शिक्षिका थिइन् । विल्सनले जहाजमै जुन विद्यार्थीसँग मदिरा पिएकी थिइन्, उसैसँग जहाजको शौचालयमा यौनसम्बन्ध राख्दा राख्दै समातिएकी हुन् ।

यो मामिला शिक्षिकासँग यौनसम्बन्ध राखेका विद्यार्थीले मुख खोलेपछि बाहिर आएको हो । यो घटना अन्य विद्यार्थीहरुले पनि थाहा पाएपछि सार्वजनिक भएको हो । ती विद्यार्थीाले आफूसँग यौनसम्बन्ध नराखेमा अन्य विद्यार्थीलाई पनि भनिदिने बताएपछि घटना खुलेको हो । त्यसपछि यो मामिलामा शिक्षिकालाई दोषी ठहराउँदै उनलाई स्कुलमा पढाउन प्रतिबन्ध लगाइयो ।

उनीमाथि विद्यार्थीसँगको यौनसम्बन्ध लुकाउन खोजेको अर्को आरोप पनि लागेको छ । एक शिक्षकको रुपमा विल्सनको राम्रो साख रहेको थियो । पढाउने मामिलामा उनले विद्यार्थी र अभिभावकबाट प्रशंसा पनि पाएकी थिइन् । यो घटना जुलाई २०१५ मा भएको थियो ।

यसबारेमा एकजना विद्यार्थीलाई थाहा थियो । यस मामिलाको जाँचपछि अनुसन्धान टोलीले उडानका क्रममा एक विद्यार्थीले ती शिक्षिका र विद्यार्थीबीच यौनसम्बन्ध भइरहेको प्रमाण दिएका थिए ।

एक छात्रले यो दृश्य देखेर आफूलाई असहज महसुस गरेका थिए । अनुसन्धान प्यानलका अनुसार ती विद्यार्थीले विल्सन पूर्णरुपमा मातेको प्रमाण पनि दिएका थिए । विल्सनले वाइन पिएर मातेपछि दुवैबीच जहाजको शौचालयमा यौनसम्बन्ध भएको थियो ।

तर पनि विल्सनले यो आरोपको खण्डन गरेकी छन् । जाँच प्यानलले आफ्नो रिर्पोटमा सबै सबुत प्रमाणको जाँच गरिएको जनाउँदै ती विद्यार्थीले दिएको प्रमाण पनि विश्वासनीय रहेको पुष्टि गरेको छ ।

शिक्षक र विद्यार्थीबीच कयौँ महिनादेखि सम्बन्ध रहेको कुरा पनि खुलेको छ । उनीहरु एसएमएस आदानप्रदान गरेर स्कुल बाहिर निस्कने गरेको रहस्य पनि खुलेको छ ।

अनुसन्धानले ती विद्यार्थी शिक्षिका विल्सनसँग प्रेममा रहेको निचोड पनि निकालेको छ । सेप्टेम्बर २०१५ मा स्कुलका प्रधानाध्यापकलाई शिक्षक–विद्यार्थीबीचको यौनसम्बन्धबारे थाहा भएको थियो ।

janatasamachar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here