मान्छे हो वा बिरालो? के हो सत्य ?

हिजोआज सोसल मिडियामा भाइरल भएको छ मान्छेको अनुहार भएको बिरालोको फोटो। मान्छे जस्तै देखिने बिरालो। तपाईं पत्याउनुहुन्छ कि मान्छेको जस्तै अनुहार भएको बिरालो हुन्छ भनेर। बिश्वास लाग्दैन। तर हिजोआज यस्तै एउटा फोटो भाइरल भएको छ जुन देखेर तपाइलाइ अचम्म लाग्ला। यो बिरालो मलेसियाको भएको र सोधखोजका लागि रिसर्च ल्याबमा राखिएको छ। यो तस्बिर नक्कली हो कि सक्कली त?

पुलिस के भन्छ ?

प्रहरीले भन्यो झुठो तस्बिर हो। यो बारेमा जाँच गरेपछि प्रहरीले यो खबरमा बिश्वास नगर्न भनेको छ। यो तस्बिर पनि नक्कली रहेको छ। मान्छेको जस्तो अनुहार भएको बिरालो मलेसियामा जन्मिएको खबर नआएको पनि बताएको छ। यो एक खेलौना रहेको कुरा पुष्टि भएको छ।

बिरालो एक खेलौना हो

प्रहरीका अनुसार मान्छेको जस्तो छाला , आखा ,कपाल भएको यो बिरालो वास्तवमा एउटा खेलौना हो। सिलिकन बेबि वेयरवुल्फ नाम रहेको खेलौना जुन अनलाइन बाट बेचिदै छ।