मात्र २१ मिनेट यस्तो गर्नुस्, तपाइँको उमेर ३ बर्ष बढ्नेछ

स्वस्थ शरीरमा स्वस्थ दिमागको बिकास हुन्छ। स्वास्थलाई शारीरिक सुन्दरता भन्दा बढी ध्यान दिनुपर्छ। यदि ब्यक्ति स्वस्थ छैन भने उसको शरीरको अङ्ग जति सुन्दर भए पनि केही अर्थ राख्दैन । त्यसलै स्वास्थ जिवनमा सबैभन्दा ठुलो कुरा मानिन्छ ।

मात्र २१ मिनेटको ब्यायामले तपाईंको उमेर बढ्छ

एक रिसर्चका अनुसार मात्र २१ मिनेट ब्यायाम गर्दा हाम्रो उमेर ३ बर्ष बढ्ने बताइएको छ। यो कुरा प्रष्ट छ कि हरेक दिन २१ मिनेट ब्यायाम गर्दा जोकोहीको पनि ३ बर्ष उमेर बढ्छ ।पहिले ब्यायाम शरीर स्वस्थ राख्न मात्र गरिन्थ्यो तर अब यसले उमेर बढ्ने कुरा प्रमाणित भएको छ।

यो रिसर्च ६६०० भन्दा बढी ब्यक्तिमा गरिएको थियोे । यसको लागि १२ महिनासम्म उनीहरुको गतिविधिमा ध्यान राखिएको थियोे । यसबाट के थाहा भयो भने जो ब्यक्ति १२ महिना नै हरेक दिन २१ मिनेट ब्यायाम गर्थे उनीहरुको उमेर ३ बर्ष बढ्यो।

यसबाहेक हुने अन्य फाइदा
यो बाहेक नियमित रूपमा ब्यायाम गर्नाले मस्तिष्कमा नयाँ कोशिकाको निर्माण हुन्छ। जसले अल्जिमर्स र पार्किन्सन्स रोगको निर्मुल हुन्छ। ब्यायामले शरीरमा उर्जा संचार हुन्छ। यसले मानसिक शान्ति मिल्छ र चिन्ता भाग्छ। यसले शरीरको तौलमा पनि सन्तुलन राख्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here