तनहुँबासी भन्छन्- ‘टुरिष्टलाई भोट हाल्न बाध्य छैनौं’

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा चुनावको टिकट बितरणका सन्दर्भमा कार्यकर्ताको असन्तुष्टीका कारण कांग्रेसलाई गम्भिर धक्का लाग्ने देखिएको छ । क्षेत्र नम्वर १ मा पौडेललाई गोबिन्दराज जोशीले यसपाली कुनै हालतमा हराउने सार्वजनिक घोषणा गरेर लागेका छन् भने बाम गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ पनि यसपटक बिजय हासिल गर्ने तयारीका साथ चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्वर २ मा पनि कांग्रेसभित्र चरम असन्तुष्टी देखिएको छ ।  टुरिष्ट उम्मेदवार शंकर भण्डारीले टिकट लगेपछी त्यहाँका सयौं नेता कार्यकर्ता असन्तुष्टी जनाउँदै कांग्रेसवाटै राजीनामा दिएका छन् । कांग्रेसका नेताहरु नै ‘टुरिष्टलाई भोट दिन बाध्य छैनौं’ भन्दै हिंडेका छन् ।

एमालेको गढ भएपनि प्रदीप पौडेलले प्रतिनिधिसभामा टिकट पाएको भए एमालेका उम्मेदवार केदार सिग्देललाई चुनौती हुने थियो । तर टुरिष्ट भण्डारीले टिकट पाएपछी एमाले हौसिएको छ । सिग्देल एमाले जिल्ला अध्यक्षका रुपमा बर्षौंदेखी जनताको बिचमा रहेर काम गरेका नेता हुन् । सिग्देलको स्वच्छ छवी, इमान्दारिता र नैतिकताका सामु सवै नतमस्तक छन् । लामो राजनीतिक यात्रामा उनलाई अहिलेसम्म कसैलाई प्रश्न उठाउन सकेको छैन ।

प्रदेशसभातर्फ बाम गठबन्धनवाट हेविवेट किरण गुरुङसँग प्रतिस्पर्धा गर्न स्थानीय कार्यकर्ताले हिम्मत नगरेपछि कांग्रेसले टुरिष्ट उम्मेदवार नै खटाएको छ । त्यहाँ ध्रुव वाग्लेले मुख्यमन्त्रीमा प्रस्तावित गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् । वाग्ले दमौलीका स्थानीयबासी हुन् । २ नम्वर क्षेत्रमा उनको प्रभाव शुन्यप्राय छ ।

जवकी गुरुङ त्यहि क्षेत्रवाट पटक पटक चुनाव जितेर मन्त्री समेत भैसकेका नेता हुन् । २ नम्वर क्षेत्र अन्तर्गत अर्को प्रदेशसभा निर्वाचन क्षेत्रमा बामगठबन्धनवाट मन्त्री आशा कोइराला उम्मेदवार छिन् । मन्त्री हुँदा कोइरालाले सो क्षेत्रको बिकास निर्माणमा भुमिका खेलेकोले प्रदीप पौडेललाई समस्या हुने स्थानीय मतदाता बताउँछन् । १ नम्वर क्षेत्रमा प्रदेशतर्फ कांग्रेसवाट गोबिन्द भट्टराई र रघु पौडेल उम्मेदवार छन् भने बाम गठबन्धनवाट रामबहादुर गुरुङ र हरी चुमान छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here