एक्स–रे गर्ने बहानामा किशोरीको संवेदनशील अंगमा हात छिराएपछि

एक्स–रे गर्ने बहानामा १५ वर्षीया किशोरीको संवेदनशील अंगमा हात लगाएको आरोपमा प्रहरीले धरान १० पुतलीलाइनस्थित डा हरि शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईलाई नियन्त्रणमा लिएको छ ।बन्द कोठमा नग्न बनाएर प्राविधिक राईले ढाडको समस्याको एक्स–रे गर्न केन्द्रित हुनुपर्नेमा संवेदनशील अंगमा पटकपटक हात लगाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरीका नायब उपरीक्षक रामेश्वर पौडलेले उजुरीका आधारमा राईलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको बताए । राईलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाउने तयारी भएको पौडेलले बताए ।बन्द कोठामा नग्न पारेर यौन दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ ।

पीडित किशोरीका अनुसार एक्सरे कोठामा राईले आफ्नी आमालाई पस्न नदिएपछि उनलाई मात्र लिएर भित्रबाट ढोका बन्द गरेका थिए ।उनले भनिन्, ‘एक्स–रे कक्षमा प्रवेश गरेपछि राईले सबै लुगा फुकाल्न भनेपछि ‘होला त नि’ भनेर लुगा फुकालेँ । तर राईले एक्सरे गर्नुको सट्टा छाती र यौनाङ्गमा हात लगे ।’ जबर्जस्ती जताततै औंला लगेपछि उनी चिच्याएकी थिइन् ।

उनकी आमाले एक्सरे कक्षमा छिरेकी छोरी आधा घण्टासम्म बाहिर ननिस्केपछि सोधीखोजी गरेकी थिइन् ।पाँच मिनेटमा हुने एक्सरे आधा घण्टा लगाएपछि शंका लागेको आमाले बताइन् । उनले भनिन्, ‘आधा घण्टापछि राई बाहिर निस्क्यो । म छोरी भएतिर गएँ । भित्र छिर्दा छोरी लुगा लगाउँदै थिइन् । किन ढिला गरेको भन्दा छोरी रुँदै घटना सुनाउन थालिन् ।’चार दिनदेखि ढाड दुखेपछि आमासँग उपचारका लागि क्लिनिकमा पुगेकी थिइन् ।

धरान–४ सुमनटार बस्ने ती किशोरीले इप्रकामा किटानी जाहेरी दिएकी थिइन् । एक्स–रे गर्नुपर्ने भएपछि प्राविधिक राईले किशोरीलाई मात्र भित्र अँध्यारो कोठामा नाङ्गै बनाएको र संवेदनशील अंगमा पटकपटक हातले छोएको किशोरीले बताइन् ।महिला सञ्जाल धरान उपमहानगरको सहयोगमा किशोरीले उजुरी दिएकी हुन् ।

महिला सञ्जाल अध्यक्ष शीला वज्राचार्यले स्वास्थ्य क्षेत्रमा पनि महिला, बालबालिका, किशोरी असुरक्षित भएकाले यौनदुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्न माग गरेकी छन् । नेपाज आजवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here