किर्तिपुरमा सुरक्षाकर्मी र विप्लव कार्यकर्ताबीच भिडन्त

कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागि खटिएको प्रहरी र नेकपाविप्लव बीच शनिबारराति दोहोरो भिडन्त भएको छ । भिडन्तमा परी ४ जना घाईते भएका छन । घाइते कुन पक्ष को हुन् भन्ने आधिकारीक पुष्टी भएकाे छैन ।

सयौंको संख्यामा विप्लव कार्यकताको टोलिले किर्तिपुर बुथ केन्द्रमा आक्रमण गरेको थियो । उनीहरुले हात हतियारसहित बम बिष्फोट गराएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

किर्तिपुर बुथ केन्द्रमा १२ जना नेपाल प्रहरी र १० जना म्यादी प्रहरी रहेका थिए । यस्तै उजेलगाउ आधारभुत विद्यालय बुथ केन्द्रमा पनि विप्लवका कार्यकताले आक्रमण गरेको जनाइएको छ ।

आइतबार हुने मतदानको लागि सम्पूर्ण साम्रागी लिएर गएका प्रहरी र कर्मचारीहरुलाई लक्षित गरी घेराबन्दी गरेपछि सुरक्षा कर्मीहरुले लखेट्न थालेपछि दोहोरो भिड्न्त भएको जानाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here