कृष्णबहादुर महरा पर्यटन बोर्ड सदस्य नियुक्त

नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीनजना सदस्य नियुक्त भएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट दीपक महत, कृष्णबहादुर महरा र अवदेशकुमार दास सदस्यमा नियुक्त भएका हुन् ।

उनीहरूको कार्यकाल तीन वर्षको हुनेछ । महत पाका पर्यटन व्यवसायी हुन भने महरा डिभोटी होटेल धनगढीका सञ्चालक हुन् । स्रोतका अनुसार उनले विगतमा नेपाल पर्वतारोहण संघमा सल्लाहकारका रूपमा काम गरेका थिए । बोर्डमा निजी क्षेत्रबाट ५ जना सदस्य नियुक्त हुने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here