जनतालाई दु:ख दिएर सुख भोग्ने भ्रष्ट नेताहरुलाई कुकुर लगाएर लखेट्ने रविको चेतावनी

जनतालाई प्रत्यक्ष प्रभाव पार्ने यो बिषयमा गम्भीर नहुने हो भने यो समस्या झन विकराल हुने सम्भावना छ, के कुरा संकेत गरेका हुन् रविले ? चुनाव प्रचारका लागि घरदैलोमा पुगेका नेताहरुले गर्दा हिजो आज ट्राफिक जाम भएको थियो । चुनावै जितीसके जसरी फुलमाला र अविरले पुरीएर नेताज्युहरु अघि अघि कार्यकर्ताको हुल पछि पछि भएपछि शहरका चोक चोक र गल्ली गल्लीमा बाटो जाम भएको थियो ।

जसका कारण १० मिनेटमा गन्तव्य पुग्नुपर्ने मान्छे २ घण्टाको जाममा फस्न बाध्य भए । रबी भन्छन्- आज म आँफै नेता ज्युहरुको जुलुसका कारण २ पटक जाममा फसे । मैले त तपाईलाई मजाले सरापे । तपाई कारण म समयमा पुग्न सकिन । यति धेरै मान्छेलाई दुख दिएर के चुनाव लड्नु ? कतिको जरुरी व्यवसायिक मिटिङ छुट्छ ,तपाईका कारणले यति दुख पाएकाहरुले तपाईलाई भोट दिन्छन् जस्तो लाग्छ ? भोट त परको कुरा नेता ज्यु सराप्छन् त्यो पनि धारे हात लगाएर ।

ठिकै छ तपाई महान राजनीतिज्ञ,तपाई जिन्दावाद ,तपाईको पार्टी महान तपाईको पार्टी पनि जिन्दावाद र तपाईको चुनाव चिन्ह पनि जिन्दावाद ,तपाईका विचार,तपाई एजेण्डा,तपाईको घोषणा पत्र र तपाईको सम्रग उमेदवारी जिन्दावाद नै जिन्दावाद तर हामी समयमा स्कुल,कलेज जान पाउनु चाही मुर्दावाद ? हाम्रो फ्लाइट छुट्छ,हामी विरामी पर्दा समयमा अस्पताल पुग्नु पर्छ के जनताका यि सबै हक अधिकार मुर्दावाद ? कहिले राष्ट्रपति ,उपराष्ट्रपति सवारी कहिले मन्त्री प्रधानमन्त्रीको सवारी त्यसमाथि नेताका घरदैलोले ट्राफिक जाम के हो यो ?

सरकार यो देशका विशिष्टहरुलाई हेलीकप्टर किनीदेउ ताकी उहाँहरु आकाश मार्गबाट यात्रा गर्न सक्नुहोस । जनताको दैनिकी विग्रीयो,समय वरबाद भयो सडकमा धुवा र धुलो खेपेर बसेका ट्राफिक प्रहरीहरुलाई सास्ती भयो । भए भरका सारालाई दुख दिएर आँफुले मात्र सुख भोग्न चाहेको हो भने वेग्लै कुरा भो तर सर्वसाधारण जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने यो बिषयमा गम्भीर नहुने हो भने यो समस्या झन झन विकराल हुने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here