सांसद सिलवाललाई साँझसम्म पक्रने, १६५ प्रहरी परिचालन

सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाको क्रममा पेस गरिएको कार्यसम्पादन मूल्यांकनको विषयमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आदेश दियो । अदालतको आदेशलगत्तै भोलिपल्टै महानगरीय प्रहरी परिसर कठमाडौंमा तत्कालीन प्रहरी नायव महानिरीक्षक (डिआइजी) तथा ललितपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाल नै दोषी किटानी गर्दै उनीविरुद्ध मुद्दा दर्ता गराइयो ।

अदालतले संलग्न सवैविरुद्ध छानबिन गर्न भने पनि सरकार र प्रहरीले विनाअनुसन्धान सिलवाललाई मात्रै दोषी करार गरी मुद्दा अघि बढायो । अरूमाथि केही नगर्ने, सिलवाल समात्ने योजना बालुवाटारमा बन्यो । सिलवालसहित आइजिपी प्रकाश अर्याल लगायतका डिआइजीको कार्यसम्पादन मूल्यांकनमा सही गर्ने तत्कालीन गृहसचिव र हालका मुख्यसचिव लोकदर्शण रेग्मी, तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्याल र एआइजी वीरेन्द्रबाबु श्रेष्ठ हुन् ।

हरेक वर्ष लोकसेवा आयोगमा पठाउनुपर्ने कार्यसम्पादन मूल्यांकन नपठाएको फाइदा उठाउँदै किर्ते भएको तथ्य बाहिर आएपछि अदालतले संलग्न को–को हुन् भन्दै छानबिन गर्न आदेश दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव रेग्मीसहित उनका ब्याजी आइजिपीसँगै एआइजी जयबहादुर चन्दले सिलवाललाई सांसदको शपथ लिनै नदिने योजना बनाए ।

प्रधानमन्त्री देउवाले आइजिपी अर्याललाई ‘जसरी पनि त्यो ‘सिलवाललाई फसाऊ’ भन्ने आदेश दिएको आजको सौर्य दैनिकमा समाचार छ । सिलवालसँग प्रधानमन्त्री देउवा निकै चिढिएका छन् । उनले आर्थिक लाभ लिएर चन्दलाई आइजिपी बनाउँदा सिलवाल प्रतिवादसहित अदालत गएपछि चन्दको आइजिपी पद खोसिएको थियो ।

अदालतले संलग्न सवैविरुद्ध छानबिन गर्न भने पनि सरकार र प्रहरीले विनाअनुसन्धान सिलवाललाई मात्रै दोषी करार गरी मुद्दा अघि बढायो । अरूमाथि केही नगर्ने, सिलवाल समात्ने योजना बालुवाटारमा बन्यो । सिलवालसहित आइजिपी प्रकाश अर्याल लगायतका डिआइजीको कार्यसम्पादन मूल्यांकनमा सही गर्ने तत्कालीन गृहसचिव र हालका मुख्यसचिव लोकदर्शण रेग्मी, तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्याल र एआइजी वीरेन्द्रबाबु श्रेष्ठ हुन्

सोही कारण प्रधानमन्त्री देउवाले आफूसँग जोरी खोज्ने सिलवाललाई सकाउन उनका ब्याजी प्रहरी प्रमुख र एआइजीलाई निर्देशन दिएका छन् । सिलवाललाई फसाउनकै लागि देउवाले एआइजी जयबहादुर चन्दलाई महानगरीय प्रहरी आयुक्त बनाए यसैका लागि । आयुक्त भएपछि चन्दले सवै कानून र प्रहरी तालिमको बेला लिइएको ज्ञान मात्र भुलेनन, कानून हातमा लिएर जे गर्दा पनि हुन्छ भन्ने ब्यवहार अपनाए ।

ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऐर पनि आयुक्त चन्दको आदेशबाट निकै हैरान भए । प्रधानमन्त्री देउवाले एआइजी चन्दलाई शपथ अघि नै जसरी पनि सिलवाललाई फसाउन निर्देशन दिएका थिए । आइजिपी प्रकाश अर्यालले प्रधानमन्त्री देउवाको आदेश मान्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धानुकलाई पक्राउ गरी हिरासतमा राख्न आदेश दिँदा उनले पूर्वआइजिपी र मुख्यसचिवसँगसमेत वयान लिनुपर्ने भन्दै अस्वीकार गरे ।

संगठन प्रमुखबाटै प्रधानमन्त्रीको आदेश भन्ने शब्द सुनेपछि एसएसपी धानुकले आफू उम्कने निर्णय गरे । अनि सिलवाललाई पक्राउ पुर्जी भन्दै सूचना बाहिर ल्याइदिए । आफूमाथि आएको दबाबलाई उनले ‘उपस्थित गराउन’ भन्दै ललितपुर प्रहरी परिसरलाई पत्र काटेर उतै सारिदिए ।

एसएसपी धानुकले संलग्न सबैसँग बुझ्नुपर्नेमा एउटालाई अपराधी करार गरी थुन्ने लगायतका गैरकानुनी काम बर्दीको आडमा नगर्ने अडानसहित ललितपुर परिसरलाई पत्र काटेपछि एआइजी चन्दले हरेक दिन सिलवाल खोज भन्दै ललितपुर प्रमुख ऐरलाई दबाब दिए । तर, ऐरले अर्काको इवीको शिकार आफू नहुने योजना बनाएर ‘फेला परेका छैनन्, सबैतिर मान्छे लगाइएको छ’ भन्दै आफ्नो बचाउ गरे । उनले सिलवाल खोज्न प्रहरी पनि पठाएनन् ।

एआइजी चन्द ऐरले आफ्नो काममा सहयोग नहुने निश्कर्षमा पुगे । अनि जसरी पनि फसाउनु भन्ने प्रधानमन्त्रीको आदेश पालनामा आपैmँ कस्सिए । उनले आइतबार युद्धकालमा समेत नखटाएको प्रहरी एउटा जननिर्वाचित सांसद पक्राउ गर्न पठाइदिए । चन्दकै आदेशमा गयो सिलवाल पक्राउ गर्न १ सय ६५ जना प्रहरीको फौज । सांसद सिलवाललाई सर्च गरी पक्रेर ल्याउने एआइजी चन्दको आदेश मान्दै डिएसपी नहकुल पोखरेलको कमान्डमा १ सय ६५ जनाको प्रहरी फौज आइतबार बिहानै भट्टेडाँडा पुग्यो ।

यति ठूलो संख्यामा प्रहरी परिचालन एक जननिर्वाचित सांसद खोज्न पठाएर चन्दले सत्ता र शक्तिको चरम दुरुपयोग गरे । निकै गोप्य राखेर ठूलो संख्यामा प्रहरी पठाइएको कुरालाई दबाब आएपछि ललितपुर प्रमुख ऐरले थेग्न सकेनन् । उनले पछि आफू सिकार बन्न सक्ने आँकलनसहित भनिदिए, ‘सिलवाल पक्राउका लागि सर्च गर्न पठाएका थियौँ, तर फेला नपरेपछि टोली फर्किसकेको छ ।

जसरी पनि फसाउनु भन्ने प्रधानमन्त्रीको आदेश पालनामा आपैmँ कस्सिए । उनले आइतबार युद्धकालमा समेत नखटाएको प्रहरी एउटा जननिर्वाचित सांसद पक्राउ गर्न पठाइदिए । चन्दकै आदेशमा गयो सिलवाल पक्राउ गर्न १ सय ६५ जना प्रहरीको फौज । सांसद सिलवाललाई सर्च गरी पक्रेर ल्याउने एआइजी चन्दको आदेश मान्दै डिएसपी नहकुल पोखरेलको कमान्डमा १ सय ६५ जनाको प्रहरी फौज आइतबार बिहानै भट्टेडाँडा पुग्यो ।

एउटा सांसद खोज्न भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालयका डिएसपी पोखरेलको कमान्डमा १ सय ५० जनाको फौज भट्टेडाँडा पुगेको थियो । सोही टोलीलाई सघाउन ललितपुरले थप १५ जनाको सपोर्ट फोर्स पठाएको हो । सिलवाल भट्टेडाँडामा फेला नपरेपछि जम्बो संख्यामा पुगेको प्रहरी टोली खाली हात फिर्ता भएको छ ।

प्रहरी स्रोतका अनुसार सिलवाल फसाउन सके प्रकाश अर्याललाई बिदामा बस्न बाध्य पारेर एआइजी चन्दलाई आइजिपी बनाइदिने आश्वासन प्रधानमन्त्री देउवाले दिएका छन् । ‘एआइजी सापले सिलवाल फसाउन सके भने म आइजिपी हुन्छु, प्रधानमन्त्रीबाट यही मर्जी भएको छ भनेर टोलीमा संलग्न थुप्रैलाई भन्नुभएको छ, आफू आइजिपी हुनकै लागि उहाँले यति धेरै पदीय दुरुपयोग गर्नुभयो,’ एक अधिकृतले भने ।

चन्दले आयुक्त कार्यालयलाई प्रहरीको भन्दा आफ्नो निजी कार्यालय जसरी दुरुपयोग गर्न थालेपछि काठमाडौंका एसएसपी धानुकले ठाडै प्रतिवाद गरेका थिए । चन्द र धानुकबीच यतिसम्म विवाद बढेको थियो कि कतिपय मान्नै पर्ने आदेशसमेत धानुकले अस्वीकार गर्ने गरेका थिए । अवस्था निकै असहज बनेपछि आइजिपी अर्यालले आफ्नो कार्यालयमा बोलाएरै दुवैलाई सुध्रन भनेका थिए ।

आइतबार एआइजी चन्दले एक सांसद खोज्न यतिधेरै संख्यामा प्रहरी पठाएपछि धानुकले आफू मातहतका निकट अधिकृतसँग आपत्ति जनाएका थिए । ‘यतिसम्म गिर्न सक्नेको आदेश मानियो भने आफै जेल पुगिन्छ भन्दै उहाँले निकटलाई भन्नुभएपछि हामीले पनि जानकारी पाएका हौँ,’ काठमाडौंका एक जुनियर अधिकृतले भने । -janatatimes

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here