एमाले र माओवादी केन्द्रबीच एकता टुङ्गिनै लाग्दा खुद्रा मसिना समस्याहरुले दुवै पार्टीका नेताहरुलाई पिरोल्न थालेको बुझिएको छ । पार्टी एकताका ठूला चुनौतीहरु पन्छाउँदै अगाडि बढिरहेको एमाले र माओवादी केन्द्रका नेताहरुलाई समेत झिनामसिना तर दीर्घकालसम्म परिोलिरहने समस्याले तनाव दिइरहेको बताइन्छ ।
स्रोतका अनुसार माओवादी केन्द्रभित्र कमै उमेरमा पार्टी र राजकीय पद हासिल गरेका नेताहरुमा आफ्नो भविष्य र ‘करियर’लाई लिएर ‘टेन्सन’ शुरु भएको छ ।
माओवादी केन्द्रभित्र छोटो समयमा धेरै ठूलो पद र लाभको अवसर लिने नेतामा कृष्णबहादुर महरा र वर्षमान पुन अग्रपंतिमा पर्टन् । वर्षमान् पुन चांहि जनयुद्धकालमा क्षमता र प्रतिभाभन्दा पनि प्रचण्डको गणेशमानभक्ति गरेर उनी प्रमोशन हुँदै र्ग । अर्थमन्त्रीलगायत पटक–पटक मन्त्री भएर धनमान कमाएका पुनले आफू सांसद नभएको बेलामा पनि विशेष जादु चलाएर श्रीमती ओनसरी घर्तीलाई सभामुख बनाउन सफल भए ।
माओवादीको शान्ति प्रक्रियापछि पार्टीको खजाञ्ची झैं बनेका कृष्णबहादुर महरा अर्का सुवर्ण अवसरमा खेल्दै आएका माओवादी केन्द्रभित्रको शक्तिशाली नेता मानिन्छन् । पहिले मोहन वैद्य खेमामा रहेर पद प्रतिष्ठा हासिल गर्ने अवसर पाएका महराले पार्टी फुटेपछि पनि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयहरु सम्हाने अवसर पाए । साँघु साप्ताहिकमा खबर छ ।