एमालेले छान्यो राष्ट्रियसभा उम्मेदवार (नामावलीसहित)

नेकपा एमालेले ३ प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। सोमबार राति अबेरसम्म बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभा निर्वाचनको लागि तीन वटा प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको हो। बाँकी ४ प्रदेशका उम्मेदवारहरु मंगलबार बस्ने बैठकले टुंगो लगाउने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ‘सोमबार भ्याइएन’, भट्टराईले भने, ‘मंगलबार ११ बजे पुन: बैठक बसेर बाँकी नाम टुंगो लगाउने छौं।’

कुन प्रदेशमा को उम्मेदवार?

प्रदेश ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here