किन रामले हनुमानलाई आफूसँगै बैकुण्ठ लगेनन् ?

हनुमानलाई श्रीरामका परमभक्तको रुपमा चिनिन्छ।रामका परमभक्त थिए हनुमान।विष्णुका अवतार रामलाई हनुमानले धेरै सहयोग गरेका थिए।रावणले छलद्धारा हरण गरेर लंकामा लुकाएर राखेका सिता मातालाई सबैभन्दा पहिला हनुमानले भेटेका थिए।

रावण पुत्र इन्द्रजित सँगको लडाईमा इन्द्रजितले छल गरेर नागपास बाण प्रहार गरे। इन्द्रजितले प्रहार गरेका नागपास बाणले राम-लक्ष्मणलाई बेरेकाले राम-लक्ष्मण मुर्छा परे।राम-लक्ष्मण मुर्छित भएपछि विभिषणको सल्लाह अनुसार हनुमानले गरुडलाई लिएर आएका थिए र गरुडले आफ्नो सुँड प्रयोग गरेर राम-लक्ष्मणलाई नागपास बाट मुक्त गरेर ब्युँताएका हुन्।

इन्द्रजितको बाणले मुर्छा परेका लक्ष्मणलाई बचाउनको लागी संजिवनी बुटि लिन गएका हनुमानले संजिवनी बुटि नचिनेपछि सिंगै पहाड उठाएर ल्याएका थिए र बैधद्धारा संजिवनी बुटि पहिचान भएपछि लक्ष्मणलाई संजिवनी बुटि खुवाएर लक्ष्मणलाई बचाइएको थियो।

विष्णु भगवानलाई माता लक्ष्मीको साथ छ,शिव भगवानलाई पार्वती र ब्रह्मालाई सरस्वतीको तर हनुमान आफैंमा शक्ति हुन्,उनी आफ्नै शक्तिद्धारा संचालित छन्।

हनुमान बलवान मात्र होइन उनी कहिल्यै घमण्ड नगर्ने र अफ्ठ्यारो परिस्थितीमा पनि सुझबुझले काम गर्थे। उनकै सुझबुझले राम-लक्ष्मणलाई लंकाका सेनासँग लडाई लड्न सजिलो भएको थियो।द्धापार युगमा हनुमानले आफ्नो सुझबुझले भिमको घमण्ड समेत तोडेका थिए।भिम र हनुमान दाजुभाई थिएर र भिम पनि अति बलवान थिए। उनीसँग सय हात्ती बराबरको तागत थियो।

श्रीरामले धर्ती छोडेर विष्णु भगवानको स्वरुपमा बैकुण्ठ प्रस्थान गर्दैं गर्दा हनुमानलाई कलियुगको अन्त्य नहुन्जेलसम्म धर्तीमै रहेर रामायणको कथाको प्रचार गर्न आदेश दिए। त्यसैले अहिलेसम्म पनि हनुमान यसै धर्तीमा छन् भन्ने धार्मिक मान्यता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here