जनकपुरमा केहीबेर अघि भएको भयानक दुर्घटनामा ६ जनको मृत्यु(नामावली सहित)

धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमाे दुर्घटनामा परेको हो ।

दुर्घटनमा मृत्यु हुनेमा विराटनगरका वर्ष ४५ की शारदा रेग्मी दाहाल, विराटनगरकै वर्ष ३२ का प्रल्हाद न्यौपाने, खोटाङ निर्मलडाँडाका वर्ष २७ का ज्ञानबहादुर चौहान, मोरङ लेटाङ ८ का वर्ष ४० का खेमकुमार रानामगर,

संखुवासभा धर्मदेवी वडा न ९ का २९ वर्षका नयाराज जिमी र पाँचथर रवि छ का वर्ष ३१ का प्रनिता राई रहेको डिएसपी प्रविन धितालले बताए । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here