दोस्रो नेपाल आईडल अडिसन सुरु हुने बारे जानकारी, यस्ता छन् नयाँ नियम

नेपाल आईडल अन्तरास्ट्रिय फ्रेन्चाईज शो हो, जुन नेपालमा पहिलो पटक भित्रीएको हो । हरेक पक्षबाट चर्चा सहित संचालन भएको नेपाल आईडलको फाईनल हुदा समेत विवादमा अछुतो रहन सकेको थिएन ।केही महिना अघिमात्र सम्पन्न भएको नेपालकै पहिलो अन्तराष्ट्रिय रियालिटी टिभी शो नेपाल आईडलको दोश्रो शृङ्खला सुरु हुने भएको छ ।

नेपालमा पनि बृहत् र उच्चस्तरिय प्रबिधिको प्रयोग गर्दै उत्कृष्ट क्वालिटिको कार्यक्रम गर्न सकिने रैछ भनेर प्रमाणित गरेको नेपाल आइडलको दोस्रो संकरण छिटै सुरु हुने एपी वान टिभीले जनाएको छ । एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनमा गरिनेछ । हाल अन्तरास्ट्रिय फ्रेन्चाईज शो कै रुपमा एपिवानले नेपाल भित्र्याएको ‘बुगि विगि’ रियालिटी शो सन्चालन भैरहेको अवस्थामा ‘नेपाल आईडल सिजन २’ को घोषणा भएको हो ।

सन् २००१ मा बेलायतका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ । बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर परिचित छ । अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो ।

अमेरिका, अष्ट्रेलिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, भारतपछि फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण दोस्रो नेपाल आइडल सुरु हुन लागेको हो । नेपाल आईडल अन्तरास्ट्रिय फ्रेन्चाईज शो हो, जुन नेपालमा पहिलो पटक भित्रीएको हो ।

हरेक पक्षबाट चर्चा सहित संचालन भएको नेपाल आईडलको फाईनल हुदा समेत विवादमा अछुतो रहन सकेको थिएन । चर्चित रियालिटी शोको नेपाली संस्करण ‘नेपाल आडल’ को अडिसन नेपालगन्जबाट सुरु भएको थियो । नेपालगन्ज अडिसनपछि नेपाली आइडल देशका अरु मुख्य सात सहरहरुमा भएको थियो ।

गत सिजनमा छोटो समयको तयारी र सूचनामा पनि गायनमा रुची राख्नेहरुको उल्लेख्य सहभागिता भएको थियो । प्रतियोगितामा १६ देखि ३० वर्ष उमेरका युवाहरूले निःशुल्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ । यो रियालिटी शो फ्रेन्चाइज आइडलको विश्वव्यापी नियम नै हो । यसमा तलमाथि गर्न मिल्दैन ।

प्रतियोगितामा यसअघि संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक थिए । प्रतियोगिताको स्तर र पुरस्कार राशिले पनि धेरैलाई आकर्षित गरेको छ । विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर दिइएको थियो । यसपटक भने घोषणा भैसकेको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here