नहुने भयो एमाले र माओवादीको एकता, यस्ता छन् कारण

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले एमाले–माओवादीलाई पार्टी एकता फलामको चिउरा चपाएसरह भएको बताएका छन् । एकता नचाहने शक्तिहरु सक्रिय रहेको भन्दै उनले एमाले र माओवादीको एकता प्रक्रिया सजिलो नभएको बताएका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा साहीले भने, ‘एकता त अहिले फलामको चिउरा चपाएसरह हो । कम्युनिष्टहरुको लागि अग्निपरिक्षा सुरु भएको छ, यसको लागि हामी तयार हुनुपर्छ ।’

उनले प्रचण्डलाई अध्यक्ष नदिए एमालेसँग एकता हुनै नसक्ने बताए । एक व्यक्ति एक पद हुनु पर्ने भन्दै माओवादी नेता शाहीले भने, ‘अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन । कुरा स्पष्ट छ ।’ उनले अघि भने, ‘कसैलाई प्रधानमन्त्री बनाउनकै लागि हामी सिपाही बन्दैनौं ।’ कार्यक्रममा एमाले नेता सोमप्रसाद पाण्डेले भने पार्टी एकता घोषणा गर्नमात्रै बाँकी रहेको दाबी गरे ।

वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष प्रचण्ड बसेर सबै कुरा टुँगो लगाउने उनको विश्वास थियो । उनले भने, ‘पदीय बाँडफाँटमा कुनै विमति छैन, नेताहरु मिल्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here