साझा सवाल बन्द, देउबा परिवारमा खुसियाली

बिबिसी मिडिया एक्सनको अन्तर्कृयात्मक कार्यक्रम साझा सवाल दस वर्ष ५२९ अंक पश्चात् बन्द भएको छ। नारायण श्रेस्ठ, विद्या चापागाईंले चलाएको कार्यक्रममा बन्द नै हुने गरि लोद्दर लाग्नुमा भने प्रमुख कारण विदेश पलायन र डलर अभाव बुझिएको छ। कार्यक्रम प्रस्तोताहरु हिट हुने र विदेश तिर फिट हुने क्रम बढेसङ्गै दर्शक पनि कार्यक्रमसङ्ग आजित भैसकेका थिए । उता बिबिसी मिडिया एक्सनमा बजेट अभाव भएसङ्गै कार्यक्रम चलाउन, तलब भर्न हम्मे हम्मे परिराखेको थियो।

यी जटिल परिस्थितिको सिकार बनेर बिराटनगरबाट शुरु भएको कार्यक्रम बिराटनगरमै आएर अन्त भएको छ। यो खबरले नेपाल सरकारका प्रधानमन्त्री देउवा जि भने खुसियालिमा रहेको सुचना गारापारे न्युजबेडमा आइपुगेको छ। एमालेलाई जिताउन प्रमुख भुमिका खेलेको भन्दै साझा सवाल सङ्ग रुष्ट देउवा जि ले कार्यक्रम बन्द गराउन भने कुनै जबर्जस्ती नगरेको नाम नखुलाउने शर्तमा उहाकी श्रीमती हार्जु राणाले बताउनु भयो।

कार्यक्रम बन्द भएसङ्गै एमाले अध्यक्ष केपि ओलि भने चिन्तित हुनुभएको छ। सरकारको दबाबमा सझा सवाल जस्तो रास्ट्रवादी कार्यक्रम बन्द गरिएको भन्दै अब बन्ने सरकारले कार्यक्रम पुण: सम्चालनको निम्ति कसरत गर्ने उहाले बताउनु भयो। उता माओबादी अध्यक्ष प्रचन्डले कार्यक्रम प्रस्तोता बबिन झर्मालाई बनाइने हो भने आफू केपि ओलिको प्रस्ताबमा सहमत हुने भन्दै ग्रीन सिग्नल दिसकेकाले नेपाल भेडानिस्ट पार्टिको स्पोन्सरसिपमा कार्यक्रम फिर्ता आउने सम्भावना भने बाकी नै छ । Apartment for Rent in Botanica, Dubai Marina

उता सिधा कुरा जन्तासङ्गका रबि लामिछाने भने यो खबरले देउवाभन्दा गदगद भएका छन्। मिडियामा रहेको बेलायती र अमेरिकी क्यासलमा अमेरिकाले बेलायतलाई नक आउट गरेको र यसबापत अमेरिकी सरकारले आफ्नो रिन मिनाहा गरिदिने आशा मनमा राखेका लामिछाने अब मिडियाको एकलौटी राजा बन्न पाउने आशमा खुसी भएको उनका पुच्छर “रास्ट्रसपुत रबि लामिछानेलाई काम गर्न देउ”का एड्मिनले बताए।

त्यस्तै अनशनशिरोमणी गोबिन्द केसि ले यो कदम गलत भएको भन्दै कार्यक्रम फिर्ता नआए आफू अनशन बस्दिने धम्की दिएको उनका पिछडवा आइओएमका एक डाक्टरले बताए। यो खबरले देउवालाई प्रश्न सोध्ने बौला भने आत्महत्या नजिक पुगेकाले चर्चित युट्युबर लोगान पौलले सहयोग गर्ने भएका छन्। source: garapare

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here