देउवाको गृहजिल्लावाट केहीवरे अघि आयो साह्रै दु:खद खवर

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्रयाक्टर अमरगढी नगरपालिकास्थित बागबजार र स्याउलेको बीचमा दुर्घटना भएको हो। दुर्घटनामा परी अमरगढी नगरपालिका ८ टाटरका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइते हुनेहरुमा शिव दमाई, दीलिप दमाई, दीपक ढोली, मनोज दमाई, हरि दमाई, सन्तोष दमाई, प्रकाश दमाई र वीरेन्द्र नेपाली रहेका छन्। घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार ट्रयाक्टर अनियन्त्रित भई नालीमा पल्टिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here