सवैले बुझ्नैपर्ने पतनको कारण

एक रात अर्जुनले अनौठो सपना देखे। सपनामा एउटा गाईले आफ्नो नवजात बाच्छोलाई प्रेमले चाटि रहेको थियो। गाई बाच्छोको प्रेममा यति डुबेको थियो कि चाट्दा-चाट्दै बाच्छोको कोमल छाला समेत देखिन थालिसकेको थियो। तर गाईलाई होसै थिएन। विस्तारै बाच्छाको शरीरबाट रगत निस्कन थाल्यो। अन्त्यमा, बाच्छो बेहोस भएर भुइमा ढल्यो।

अर्जुनले बिहान आफ्नो सपना भगवान श्रीकृष्णलाई बताए। भगवान श्रीकृष्णले भने- तिमीले देखेको सपना पंचमकाल (कलियुग)को लक्षण हो। कलियुगमा माता-पिता आफ्नो सन्तानलाई यति प्रेम गर्नेछन् कि सन्तानहरूलाई सबै सुविधाहरू उपलब्ध गराउने छन्, तीनै सुविधाहरूको कारणले सन्तानहरू यती व्यसनी बन्नेछन् कि यसमै डुबेर उनीहरूले स्वयंको हानी गर्नेछन्। सुविधा भोग र कुमार्गका कारण अज्ञानतामा फसेर उनीहरूले आफ्नो होश गुमाउने छन्।”

आजकल यही भई राखेको छ। माता-पिता आफ्नो सन्तानहरूलाई चाहिएको सबै सुविधाहरू जस्तै महँगो मोबाइल, बाइक, कार, कपडा, फैशनको सामाग्री र चाहिए जति पैसा दिई रहेका छन्। उनीहरू सन्तानको लागि जे पनि गर्न तयार छन् भने अर्कोतर्फ सन्तानहरूको चिन्तन भने यति विषाक्त हुँदै गएको छ कि उनीहरूले माता-पितासंग झुठ बोल्न, कुरा लुकाउन, ठूला-बडाको अपमान गर्न थालेका छन्। आफ्नो सन्ततिको चरित्र निर्माणको लागि असल संस्कार दिनुको साटो उनीहरूलाई सुविधाहरू मात्र दिनु पतनको कारण मात्र होइन कलियुगको लक्षण समेत हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here