यातायात राष्ट्रिय महासंघको चुनाव हुँदै, वरिष्ठ उपाध्यक्षमा भरत तिमिल्सिना सुनिश्चित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन चितवनमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । उद्घाटन समारोह सकिएपछि चुनावी प्रकृया सुरु हुन लागेको हो । महाअधिवेशनमा दुई प्यानल चुनावी मैदानमा होमिएका छन् । यस अगाडि कार्यबहाक अध्यक्षको जिम्मेवारी निभाएका डोलनाथ खनाल नेतृत्वको प्यानल लोकतान्त्रिक बाम नेतृत्वको समावेशी समूहले चुनाव जित्ने दाबी गरेको छ ।

डोलनाथ नेतृत्वमा  वरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिना र दिपक अधिकारी, उपाध्यक्ष  भिमबहादुर मानन्धर, जितबहादुर भारती, सरद अधिकारी र  यादवलाल श्रेष्ठ छन् भने महासचिवमा पुण्यप्रसाद (सरोज) सिटौला छन् ।नयाँ नेतृत्व चयनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा सयुक्त समावेशी समुह निकै बलियो देखिएको स्रोतको भनाई छ ।

रत्ननगरमा जारी पाँचौ राष्ट्रिय महाधिवेशनमा सयुक्त समावेशी नेतृत्वको नारा दिएर डोलनाथ खनालको नेतृत्वमा सयुक्त समावेशी समुह चुनावी मैदानमा उत्रिएको हो । वामपन्थी वर्चश्व रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा यस पटक मधेश केन्द्रित दलले समेत खनाल समुहलाई साथ दिएकाले सयुक्त समावेशी प्यानल  लोकतान्त्रि समुह भन्दा अब्बल देखिएको हो ।

बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका संयुक्त यातायात संचालक समितिका अध्यक्ष भरत तिमिल्सिनाको जित सुनिश्चित देखिएको प्रतिनिधिहरुले बताएका छन् । तिमिल्सिनाको चुनावी एजेण्डा र व्यक्तित्वलाई धेरैले मन पराएका हुन् ।

अनुभवी र संस्थाप्रति न्याय गर्ने व्यवसायीक व्यक्तित्व भएकोले पनि तिमिल्सेनाले अध्यधिक मतले जित्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । महाधिवेशनमा महासंघमा आवद्ध करिब ३ सय वटा संघ र समितीहरु सहभागी छन् । पर्यवेक्षकका साथै महाधिवेशन प्रतिनिधी गरी करिब २ हजार ३ सय जना महाधिवेशनमा सहभागि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here